ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'कैलालीका वन' वार्षिक ३ अर्ब आम्दानी गर्न सकिने : विज्ञ

Jul 24, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । कैलालीका वनहरूबाट वार्षिक ३ अर्ब आम्दानी गर्न सकिने वनविज्ञ डा. एनपी यादवले बताएका छन् । वर्षमा ३४ लाख १० हजार क्यूफीट काठबाट उक्त आम्दानी गर्न सकिने उनको अनुमान छ । ‘जिल्लामा रहेको २ लाख ५ हजार ९ सय ३९ हेक्टर वनक्षेत्रको उचित व्यवस्थापनबाट वार्षिक अर्बौं आम्दानी गर्न सकिन्छ,’ वनविज्ञ यादवले भने । १ लाख २५ हजार हेक्टर वनक्षेत्रलाई मात्रै वैज्ञानिक वन व्यवस्थापनमा समाहित गरेर पनि ठूलो आम्दानी गर्न सकिने उनले बताए । जिल्लाका १९ ओटा सामुदायिक वन वैज्ञानिक वन व्यवस्थापनमा गइसकेको प्रदेश नं ७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव केशव पराजुलीले बताए । वैज्ञानिक वन व्यवस्थापनबाट १ हजार ४ सय ३० जनालाई प्रत्यक्ष रोजगारी तथा ५ लाख ३२ हजारलाई दैनिक ज्यालादारीमा काम दिन सकिने उनको भनाइ छ । हाल वैज्ञानिक वन व्यवस्थापनमा गएमा १९ ओटा सामुदायिक वनबाट वार्षिक ५ लाख ६५ हजार क्यूफीट काठ उपलब्ध हुने गरेको तथ्याङ्क छ । जिल्ला वन कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा ५ सय ४८ सामुदायिक वन दर्ता छन् । केही वन दर्ता हुने क्रममा रहेकाले ५ सय ५५ पुग्ने कार्यालयका सहायक वन अधिकृत भीम ढकालले बताए । दर्ता भएका सामुदायिक वनले ६० हजार हेक्टर ओगटेका छन् । सामुदायिक, साझेदारी, राष्ट्रियलगायत वनमा गरी जिल्लामा ७ लाख ६४ हजार उपभोक्ता छन् । जिल्लामा वनको वैज्ञानिक व्यवस्थापन कार्यक्रम जारी रहेकाले स्थानीय उपभोक्ताको आयस्रोत बढ्ने अपेक्षा जिल्ला वनले गरेको छ । आर्थिक वर्ष २०७४/७५ सम्ममा १९ ओटा सामुदायिक वन वैज्ञानिक वन व्यवस्थापनमा समाहित भइसकेका छन् । वनलाई वैज्ञानिक वन व्यवस्थापनमा लैजाँदा आम्दानी दोब्बर हुनुका साथै वन संरक्षणमा पनि योगदान पुग्ने वनविज्ञ यादवको ठम्याइ छ । कैलालीमा हाल २५ हजार हेक्टरभन्दा बढी वन अतिक्रमण भइसकेको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । वैज्ञानिक वन व्यवस्थापनबाट आम्दानी राम्रो गर्न सकिने भए पनि विज्ञ र प्रविधिको अभावले चुरे क्षेत्रलगायत पहाडी क्षेत्रमा वनको संरक्षण तथा उमेर पुगेका रूखको कटानी/फँडानीमा समस्या देखिएको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)