ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा साढे १ अर्ब बजेट फ्रिज

Jul 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । गत आर्थिक वर्ष २०७४/७५ मा दाङमा साढे १ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । सो अवधिमा जिल्लाका विभिन्न कार्यालयमार्फत खर्च गर्ने गरी आएको कुल रू. १९ अर्ब ७२ करोड ६४ लाख बजेटमध्ये १ अर्ब ६२ करोड २५ लाख खर्च हुन नसकेर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय, दाङले जानकारी दिएको छ । यसरी फ्रिज भएर जानेमा चालूतर्फ ५२ करोड ९९ लाख ९१ हजार र पूँजीगततर्फ १ अर्ब ९ करोड २५ लाख ९१ हजार रुपैयाँ भएको कार्यालयका सूचना अधिकारी उदय भण्डारीले बताए । सबैभन्दा बढी मध्यपश्चिम सडक डिभिजन कार्यालयको ३१ करोड ५० लाख बजेट फ्रिज भएको छ । उक्त कार्यालयको कुल बजेट १ अर्ब ६७ करोड ५६ लाख थियो । मध्यपहाडी पूर्वी लोकमार्ग सडक आयोजनाको ३० करोड ७९ लाख, मध्यपश्चिम सिँचाइ विकास डिभिजन कार्यालयको २ करोड ९० लाख, प्रगन्ना वड्कापत सिँचाइ आयोजनाको १५ लाख ११ हजार र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङको १ करोड ३१ लाख रुपैयाँ फ्रिज भएको छ । त्यस्तै, बृहत दाङ उपत्यका सिँचाइ आयोजनाको १७ करोड ८७ लाख, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको ६ करोड ७८ लाख र खानेपानी तथा सरसफाइ कार्यलयको १० करोड ५ लाख रुपैयाँ खर्च हुन नसकेको भण्डारीले बताए । दाङमा गत आवका लागि चालूतर्फ ८ अर्ब ४७ करोड ७२ लाख र पूँजीगततर्फ ११ अर्ब २४ करोड ९२ लाख बजेट आएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)