ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला प्रशासन कार्यालय, पर्वतको राजस्व ४३ लाख कम

Jul 30, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । गत आव जिल्ला प्रशासन कार्यालय, पर्वतको राजस्वमा अघिल्लो आवको भन्दा ४३ लाख रुपैयाँ कमी आएको छ । कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा विभिन्न शीर्षकमा गरी १ करोड ३१ लाख ४७ हजार ९ सय ८७ राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा १ करोड ७४ लाख ९ हजार ३३ रुपैयाँ सङ्कलन भएको थियो । कार्यालयले राजस्वको ठूलो हिस्सा राहदानी सिफारिशबाट सङ्कलन गर्दै आएको छ । कार्यालयले गत आव राहदानीबाट १ करोड २८ लाख ४७ हजार ५ सय राजस्व उठाएको छ भने अघिल्लो आर्थिक वर्ष यही शीर्षकबाट १ करोड ६३ लाख ८५ हजार सङ्कलन गरेको थियो । राहदानी लिनेको सङ्ख्या नै कम भएकाले गत आव अघिल्लो आवको भन्दा ३५ लाख ३७ हजार ५ सय कम राजस्व उठेको बताइएको छ । यसैगरी विभिन्न संस्था नवीकरणबाट गत आव २ लाख ५१ हजार ६ सय ५० राजस्व उठेको छ । अघिल्लो आव सोही शीर्षकमा ३ लाख ९१ हजार ७ सय राजस्व सङ्कलन भएको थियो । हातहतियार नवीकरणबाट गत आव २८ हजार सङ्कलन भएकोमा अघिल्लो आर्थिक आव ४० हजार सङ्कलन भएको थियो । अन्य प्रशासनिक दण्ड जरीवानाबाट आव २०७३/७४ मा २० हजार राजस्व सङ्कलन भएको छ । बसाइसराइ गर्ने, इलाका हुवास इलाका प्रशासन कार्यालयबाट सेवा लिनेलगायत कारण राहदानी बनाउनेको सङ्ख्या घटेकाले कार्यालयको राजस्व सङ्कलनमा समेत कमी आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)