ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शिक्षा अनुदान वितरणमा ढिलाइ

Jul 31, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुम पूर्व र पश्चिमका विद्यालयहरूमा आएको शिक्षण सहयोग अनुदान रकम वितरणमा ढिलाइ भएको छ । शिक्षा विभागबाट सशर्त चालू अनुदानअन्तर्गत आएको रू. २ करोड १८ लाख ७६ हजार शिक्षा विकास तथा समन्वय एकाइमा थन्किएको छ । चालू शैक्षिक सत्रका लागि उक्त अनुदान अघिल्लो आर्थिक वर्षमै वितरण भइसक्नु पर्ने हो । विभागबाटै ढिला गरी अनुदान आएको र जिल्लामा विद्यालय छनोटको विषय नटुङ्गिदा अनुदान बाँड्न ढिलाइ भइरहेको एकाइ रुकुम (पश्चिम)का प्रमुख लालबहादुर घर्तीले बताए । उनले भने, ‘शिक्षा विभागबाटै असार २९ गते अनुदान आएको रकम अझै वितरण हुन सकेको छैन । आवर्थिक वर्ष सकिन केही दिन अगाडि मात्र अनुदान आयो, त्यसपछि हामी निरन्तर छलफलमा छौं । अनुदान पाउने विद्यालय छनोटको काम भइरहेको छ ।’ रुकुम पूर्व र पश्चिममा १–५ कक्षासम्मका आधारभूत विद्यालय २२ ओटा, ६–८ का आधारभूत विद्यालय २९ र ९–१० का मावि विद्यालय २० ओटा गरी ७१ ओटा विद्यालयका लागि अनुदान आएको हो । दुवै जिल्लालाई एउटै कार्यक्षेत्र मानी अनुदान आए पनि छुट्टै जिल्ला बनिसकेकाले आधा हिस्सा पाउनुपर्ने रुकुम पूर्वको अडान छ । जिल्ला समन्वय समितिले यस विषयमा निर्णय दिई नसक्दा ढिलाइ भएको घर्तीको भनाइ छ । कुनकुन विद्यालयलाई अनुदान बाँड्ने भन्ने विषयमा दुवै जिल्लाका जिल्ला समन्वय समितिले निर्णय नदिएको घर्तीले बताए । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले भने अनुदान बाँड्ने विषयमा कुनै समस्या नभएको बताएका छन् । शिक्षा विकास तथा समन्वय एकाइले अनुदान पाउने दुवै जिल्लाका माध्यमिक विद्यालयको टुङ्गो लगाइसकेको छ । २० ओटा माध्यमिक विद्यालयलाई तोकिएको मापदण्डअनुसार टुङ्गो लगाइएको छ, जसमा रुकुम पश्चिमका १९ र रुकुमपूर्वको एउटा विद्यालय परेका छन् । स्थापना भएको मिति र विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयलाई अङ्क दिइएको हो । उनका अनुसार प्रतिमाध्यमिक विद्यालयलाई रू. ३ लाख ६६ हजार अनुदान दिइनेछ । उक्त रकम शिक्षकको तलब भत्ताका लागि हो । १–५ कक्षा र ६–८ कक्षाको आधारभुत तहका विद्यालय छनोटको काम भने जारी छ । १–५ कक्षाका लागि प्रतिविद्यालयलाई २ लाख ६६ हजार र १–८ कक्षाको आधारभूत तहका लागि प्रतिविद्यालयलाई २ लाख ८२ हजार रुपैयाँ अनुदान आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)