ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा सञ्चयकोषको १ अर्ब लगानी

Aug 1, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । कर्मचारी सञ्चयकोषले सुर्खेतमा करीब १ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषको सुर्खेत शाखाले आर्थिक वर्ष २०७४/७५ मा ९९ करोड ६१ लाख ९६ हजार ९ सय रुपैयाँ लगानी गरेको बताएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८ दशमलव ४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कोषले ७७ करोड ६१ लाख ७२ हजार २ सय रुपैयाँ लगानी गरेको थियो । सुर्खेत शाखाले गत आवमा विशेष सापटीतर्फ ६७ करोड ४९ लाख ५६ हजार ९ सय प्रदान गरेको छ भने विशेष सापटीतर्फ नगद दाखिला १३ करोड ३२ लाख ४२ हजार ३ सय ९४ रुपैयाँ गरेको छ । त्यस्तै, सञ्चयकर्तालाई अवकाशपश्चात् कोष भुक्तानीतर्फ ५ करोड ५३ लाख ७६ हजार २ सय २९ रुपैयाँ, घर सापटीतर्फ २५ करोड ४६ लाख ७१ हजार, घर मर्मत सापटीतर्फ ६ करोड २६ लाख ७४ हजार, शैक्षिक ऋणमा ३८ लाख ९५ हजार गरी ३२ करोड १२ लाख ४० हजार कर्जा प्रवाह गरेको छ । कोषको सुर्खेत कार्यालयबाट ई–सर्भिस सेवा ३ सय ९० जनाले, प्रिण्ट वितरण ६ हजार १ सय ५० जनाले, १ हजार ३ सय ७८ जनालाई सञ्चयकर्ताको परिचयपत्र समर्थन र ८ सय ८१ जनालाई विशेष सापटीमा नगद दाखिला गर्न लगाइएको कोषका सुर्खेत शाखा प्रमुख रवि तामाङले बताए । त्यस अघिल्लो आवको तुलनामा सञ्चयकर्तालाई दिइएको सेवा सुविधासँगै लगानीको दृष्टिकोणले गत आर्थिक वर्ष २०७४/७५ उल्लेखनीय रहेको शाखा प्रमुख तामाङ बताउँछन् । उनले सुर्खेतको वीरेन्द्रनगरमा विक्रम संवत् २०७२ सालदेखि लागू भएको घर सापटी कार्यक्रमले ४ सय २३ ओटा नयाँ घर निर्माण हुनुका साथै ६९ ओटा पुराना घर मर्मत भएको बताए । ‘भौगोलिक रूपमा देशकै विकट मानिए पनि कर्णाली प्रदेशको राजधानी सुर्खेत घोषणा भएपछि आर्थिक कारोबार बढेको छ,’ उनले भने, ‘सुर्खेत कर्णाली प्रदेशको मुख्यद्वारको रूपमा रहनु, एनजीओ, आईएनजीओले मुख्य थलो बनाउनु धार्मिक तीर्थस्थल, व्यापारिक र पर्यटकीय सङ्गमस्थलको रूपमा विकास हुँदै जानुले पनि आर्थिक गतिविधि बढेको हो ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)