ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काँक्रेविहार पुनर्निर्माणमा ढिलाइ

Aug 3, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेतको पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माणमा ढिलाइ भएको छ । २०७२ असारदेखि निर्माण कार्यादेश पाएको काठमाडौंस्थित सिद्धबाबा कन्ष्ट्रक्शन प्रालिले पुनर्निर्माणमा विभिन्न बहाना बनाउँदै ढिलाइ गरेको हो । पुरानो स्वरूप यकिन नभए पनि भग्नावशेषबाट प्राप्त ढुङ्गा–मूर्तिलाई जोडेर पुरातत्त्व विभागले २०७२ असारदेखि पुनर्निर्माण थालेको थियो । तोकिएको अवधिसम्म निर्माण सम्पन्न गर्न नसकेपछि कम्पनीले पुरातत्त्व विभागसमक्ष थप समय मागेको थियो । कम्पनीको आग्रहअनुसार विभागले गत आर्थिक वर्षको चैत मसान्तसम्मका लागि थप म्याद दिएको थियो । तर, सो समयावधिभन्दा १ वर्ष बढी समय बितिसक्दा समेत निर्माण सम्पन्न भएको छैन । पुनर्निर्माणको २० प्रतिशत काम अझै बाँकी छ । पुनर्निर्माणमा अनावश्यक ढिलाइ हुँदा पर्यटकीय आकर्षण घट्न पुगेको स्थानीयको गुनासो छ । यसको पुनर्निर्माणमा सरोकारवाला निकायबाट लापरबाही हुँदै आएको स्थानीयको भनाइ छ । केही तथ्यअनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले विसं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन् । पुरातŒवले वीरेन्द्रनगरको दक्षिणमा अवस्थित काँक्रेविहारको १८ वर्ष अघिदेखि उत्खनन शुरू गरेको हो । उत्खननपछि बुद्धका साथै सरस्वती, विष्णु, पद्म, शङ्ख र रथका पाङ्ग्रा फेला परेका थिए । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले यस तीर्थलाई उत्तिकै श्रद्धा गर्ने गर्छन् । त्यसैले बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमा यहाँ हिन्दू–बौद्धबीच विवाद उत्पन्न भएको थियो । विवादकै कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको छ । मन्दिर निर्माणपछि आन्तरिक तथा बाह्य पयर्टकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । बौद्ध संस्कृतिका जानकारका अनुसार पुरानै शैलीमा बन्ने मन्दिरले काँक्रेविहारको मात्र नभई समग्र कर्णाली प्रदेशकै गौरव बढाउनेछ । अग्लो डाँडामा निर्माण हुन लागेको शिखरशैलीको मन्दिरबाट सुर्खेत उपत्यकाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिनेछ । हाल काँक्रेविहारमा दैनिक सरदर ८० जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने गरेको तथ्याङ्क छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)