ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा बढ्यो पर्यटक आगमन

Aug 6, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीमा गत आर्थिक वर्ष २०७४/७५ मा जिल्ला भ्रमण गर्ने बाह्य पर्यटकको आगमन बढेको छ । विनाशकारी भूकम्पपछि विगतका वर्षको तुलनामा गतवर्ष म्याग्दी भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । गएको वर्षमा कुल ७४ हजार १ सय ६३ पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । कार्यालयले दिएको जानकारीअनुसार म्याग्दी भ्रमण गर्नका लागि ४१ हजार १ सय ६७ जना पर्यटक भित्रिएका छन् भने ३२ हजार ९ सय ९६ पर्यटक बाहिरिएका छन् । आर्थिक वर्ष २०७३/७४ मा कुल ६९ हजार ८ सय १६ जनाले म्याग्दी भ्रमण गरेकोमा आर्थिक वर्ष २०७२÷७३ मा ४३ हजार ६ सय ३२ जना पर्यटकमात्रै म्याग्दी भ्रमणमा निस्किएका थिए । गतवर्षको पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्लो समय म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिन्छ । म्याग्दी भ्रमण गर्न आउने पर्यटक सडकमार्ग भएर आउने गरेका छन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ र उत्तरी भूरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा पर्यटक आउँछन् । कतिपय पर्यटक ट्रेकिङ एजेन्सीमार्फत सीधै हवाईमार्ग भएर जिल्ला भ्रमणमा आउने गरेका छन् भने हिमालपारिको जिल्ला मुस्ताङबाट समेत पर्यटक जिल्ला भित्रिने गरेका छन् । जिल्ला भ्रमण गर्न भित्रिने बा≈य पर्यटकको तथ्याङ्क प्रहरीसँग रहे पनि आन्तरिक पर्यटकको तथ्याङ्क राख्न सकेका छैनन् । सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा यसवर्ष पर्यटक सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । भ्रमण वर्षका अभियन्ता तथा म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ घोषणा गरी मनाउन थालिएको हुँदा पर्यटक आगमन बढेको बताए । भ्रमण वर्षको अवसरमा पर्यटकलक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलको विदेशी पर्यटकले भ्रमण गर्ने गरेका छन् । म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटक घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, रुप्से झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धवलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ, धवलागिरि बेसक्याम्प तथा धवलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)