ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदर घटाउन राष्ट्र बैङ्कलाई ज्ञापनपत्र

Aug 12, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

साउन २७, धनगढी । बैङ्कको ब्याजदर घटाउन माग गर्दै कैलाली चेम्बर अफ कमर्श र गोदावरी चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैङ्क क्षेत्रीय कार्यालय धनगढीलाई ज्ञापनपत्र बुझाएका छन् । ब्याजदर वृद्धिले लागत बढाएको भन्दै उनीहरुले राष्ट्र बैङ्कका क्षेत्रीय प्रवन्धक किरण पण्डितलाई आइतवार ज्ञापनपत्र बुझाएका हुन् ।

कैलाली च्याम्बर अफ कमर्शको नेतृत्वमा राष्ट्र बैङ्कलाई बुझाइएको ज्ञापनपत्रमा लगानीयोग्य पूँजीको अभावलगायत समस्याको समाधान गरी अर्थव्यवस्थामा सुधार गर्न नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत स्प्रेड दरमा ० दशमलव ५ प्रतिशत अनिवार्य तरलता अनुपात, सीआरआरमा दुई प्रतिशत, वैधानिक तरलता अनुपात दुई प्रतिशत कम गर्नेलगायत भारतीय मुद्रामा ऋण लिन पाउने सुविधादेखि पुनःकर्जा कोषमा समेत ठुलो वृद्धि गरिएकोले तरलता सहज भएको उल्लेख छ ।

ब्याजदर घटाई अर्थव्यवस्थालाई चलायमान बनाउने उद्देश्यले मौद्रिक नीति जारी भएको एकमहीना पुगिसक्दा पनि ७ नम्बर प्रदेशमा सञ्चालित बैङ्कहरुले ब्याजदर नघटाएपछि ज्ञापनपत्र बुझाउनु परेको नेपाल चेम्बर अफ कमर्श कैलालीका अध्यक्ष मोहनराज शर्माले बताए । मौद्रिक नीतिको मर्मअनुरुप अर्थव्यवस्थामा सुधार हुन नसक्ने भएकाले ब्याजदर कटौती गर्न बैङ्कहरुलाई निर्देशन गर्न राष्ट्र बैङ्कलाई आग्रह गरिएको उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)