ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोकिएन खाद्यवस्तुमा ठगी : बिल पाउँदैनन् उपभोक्ता

Aug 14, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सरकारले जतिसुकै प्रचारप्रसार र सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि सुर्खेतका किराना पसलहरूमा उपभोक्ता ठगिन रोकिएको छैन । यहाँका किराना पसलहरूले म्याद नाघेका, उत्पादन मिति उल्लेख नभएका, सडेगलेका र कमसल खाद्यवस्तु विक्री गर्न नछोडेको जिल्ला बजार अनुगमन संयुक्त समितिले बताएको छ । सदरमुकाम वीरेन्द्रनगरका अधिकांश किराना पसलले मूल्यसूची तथा साइन बोर्ड राखेका छैनन् । यस्तै, कमैले मात्र पसल दर्ता गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेतका सचिव रामप्रसाद शर्माका अनुसार अनुगमन समितिले गतवर्ष उपभोक्तालाई ठगी गर्ने केही किराना पसललाई कारबाहीको चेतावनी दिएर छोडेको थियो । ‘यहाँका किराना पसलले अहिले पनि पुरानै प्रवृत्ति दोहो¥याइरहेका छन्,’ उनले भने, ‘यसबाट उपभोक्ताको स्वास्थ्य र पैसा बर्वाद हुँदै छ ।’ अखाद्य वस्तुबाट बिरामी परेर उपभोक्ताले उजुरी दिए ती व्यापारीले क्षतिपूर्तिसहित सजाय पाउने कानूनी प्रावधान छ । सेवा तथा वस्तु उपलब्ध गराउने व्यापारी उपभोक्ताको स्वास्थ्यप्रति जवाफदेही हुनुपर्ने भन्दै शर्माले तत्काल अखाद्य तथा कमसल वस्तुको विक्रीवितरण रोक्न प्रशासन उदासीन रहेको आरोप लगाए । अखाद्य वस्तु विक्रीवितरण गर्ने व्यापारी÷व्यवसायीलाई खाद्य ऐनअन्तर्गत मुद्दा चलाउन सक्ने कानूनी अधिकार स्थानीय प्रशासनलाई रहेको उनले बताए । सामान खरीदपछि अधिकांश व्यापारीले बिल दिने गरेका छैनन् । यसबाट उपभोक्ता ठगिँदै आएका छन् । पसलमा सामान किनेपछि बिल माग्दा सामानको मूल्य बढी पर्ने भन्दै व्यवसायीले बिल नदिने गरेको उपभोक्ता नवराज देवकोटाले बताए । ‘सामान किन्दा बिल नै दिँदैनन्,’ उनले भने, ‘माग्दा पनि आलटाल गरी पठाउँछन् ।’ उपभोक्ताले बिल नपाउँदा सामानको कुनै वारेण्टी तथा ग्यारेण्टी सुविधा नपाइने र पछि समस्या भएर फिर्ता गर्न जाँदा व्यापारी आफ्नो पसलको नभएको भन्दै पन्छिने गरेको उनको अनुभव छ । व्यवसायीलाई बिल दिन निर्देशन गरिए पनि उपभोक्ताकै कमजोरीका कारण बिल लिन–दिन समस्या भएको सुर्खेत उद्योग वाणिज्य सङ्घले बताएको छ । बिल दिए–नदिएको तथा मूल्यमा एकरूपता भए–नभएको सम्बन्धमा छानबिन गर्ने निकायको बेवास्ताले पनि समस्या बढेको छ । जिल्लाका उपभोक्ता अधिकारकर्मीले व्यापारीले गुणस्तरहीन वस्तुको विक्री, कृत्रिम मूल्यवृद्धि, नापतौलमा ठगी, कार्टेलिङ र कालोबजारी गरेको भन्दै नियमन बढाउन माग गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)