ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुमपूर्वको टेलिफोन टावरमा समस्या

Aug 16, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा रहेको नमस्ते टेलिकमको टावरमा खराबी आएको छ । रुकुमपूर्व सिस्ने गाउँपालिका–५ पोखरीडाँडामा रहेको नमस्तेको टावरमा खराबी आएको हो । विगत ४ वर्षदेखि उक्त टावरमा खराबी आउँदा रुकुमपूर्व सदरमुकामसहित अन्य स्थानका बासिन्दा सञ्चार क्षेत्रबाट वञ्चित भएका छन् । २०७० सालमा निर्माण भएको उक्त टावर अहिलेसम्म सोलारको भरमा चलिरहेको छ । टावर सञ्चालन गर्न १६५ वाटका ५२ ओटा र ६५ वाटका ३२ ओटा गरी जम्मा ८४ ओटा सोलार रहेका छन् । निर्माण भएको करीब १ वर्षसम्म २४ घण्टासम्म राम्रोसँग चले पनि त्यसदेखि यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १० घण्टासम्म मात्र टावर सञ्चालन हुँदै आएको छ । हिउँदमा उक्त टावर २४सै घण्टा सञ्चालनमा आए पनि वर्षायाममा घाम नलाग्ने र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घण्टा टावर सञ्चालन हुने टावर सञ्चालक रामबहादुर सुनारले जानकारी दिए । उक्त टावर २४सै घण्टा सञ्चालन गर्न सिस्ने गाउँपालिकाको पहलमा टावरसम्म विद्युत् लाइन पु¥याइए पनि क्षमताले कुनै पनि मेशीन चलाउन नसकेको सञ्चालक सुनारले बताए । दैनिक १० घण्टा मात्र टावर सञ्चालन हुँदा एक ठाउँबाट अर्को ठाउँमा सूचना पठाउन र पाउन निकै समस्या हुनुका साथै नेटइण्टरनेट चलाउन अप्ठ्यारो भएको स्थानीय शिक्षक अर्जुन बुढाथोकीले जानकारी दिए । उक्त टावरमा २०७३ सालबाट थ्रीजी सेवा र ओइनेक्स सेवा जडान गरी सेवा शुरू भए पनि उक्त सेवा पनि प्रभावकारी हुन सकेको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)