ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसान नर्सरी व्यवसायतर्फ आकर्षित

Aug 19, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ स्थित बिर्ती प्रष्टोका गाउँका किसान नर्सरी व्यवसायतर्फ आकर्षित भएका छन् । नर्सरीमा उत्पादित विभिन्न जातका बिरुवा विक्री गरी मनग्गे आम्दानी हुन थालेपछि सो व्यवसायप्रति किसान आकर्षित भएका हुन् खाद्यान्न तथा नगदे बालीमा गाह्रो भएकाले गाउँका अधिकांश कृषक नर्सरी व्यवसायतर्फ संलग्न हुन थालेको श्री जानकी फलफूल नर्सरी तथा बागवानी फार्मका सञ्चालक राजेश रौनियारले बताए । विभिन्न किसिममा रूखबिरुवाका बेर्ना तयार पारी विक्री गर्ने गरेकाले गाउँका अधिकांश किसानको जीवनस्तरमै परिर्वतन आएको उनको भनाइ छ । नर्सरीमा आँपका विभिन्न जात, लिची, कटहर, भुइँकटहरका बिरुवालगायत मसला, सिमल, अमला, अशोकजस्ता ठूला रूखका बिरुवा उपलब्ध हुने उनले बताए । यहाँ उत्पादित भएका बिरुवा मुलुकका विभिन्न स्थानका साथै भारतको विहार राज्यसम्म पुग्ने गरेका छन् । भारतीय व्यापारीले नर्सरीस्थलमै आएर विरुवा खरीद गर्ने गरेको रौनियारको भनाइ छ । यहाँ उत्पादित ५० हजारभन्दा बढी बिरुवा भारत निकासी हुने उनले बताए । किसानको करेसाबारीमा समेत फलफूलका बिरुवासहितको नर्सरी गरेका छन् । नागेन्द्र फलफूल नर्सरीका सञ्चालक नागेन्द्र साहका अनुसार करीब एक बिघा जमीनको नर्सरीबाट वार्षिक करीब ५ लाख रुपैयाँ आम्दानी हुन्छ । यता कटहरिया नगरपालिकाले यस नगरका जनतालाई आर्थिक रूपले समृद्ध बनाउन एक गाउँ एक उत्पादनको नारा लिएको जानकारी दिएको छ । बिर्ती प्रष्टोका बिरुवा उत्पादनका लागि पकेट क्षेत्र मानिएकाले यसमा आवश्यक सहयोग नगरपालिकाले गर्ने बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)