ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चन्द्रपुर अस्पतालको स्तरोन्नति

Aug 19, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटस्थित चन्द्रनिगाहपुरको चन्द्रपुर अस्पतालले थप लगानी गरेर सेवासुविधामा स्तरोन्नति गरेको छ । यसअघि भवन अभावमा उपचार सेवासमेत प्रभावित हुँदै आएको थियो । १५ शय्या रहेको अस्पताललाई स्तरोन्नति गरी ५० शय्या पुर्‍याइएको छ । चन्द्रपुर–४ स्थित अत्याधुनिक भवनसँगै अस्पतालले आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, अप्रेशन थिएटर, आईसीयू र इमरजेन्सी सेवा उपलब्ध गराएको छ । आधुनिक विधिबाट अस्पतालले उपचार सेवा दिन थालेपछि ग्रामीण भेगका बिरामी सो अस्पतालमा आउन थालेका छन् । सरकारी अस्पतालमा प्राथमिक स्वास्थ्य सेवाबाहेक अन्य कुनै पनि उपचार सेवा नपाएपछि स्वास्थ्य उपचारका लागि ग्रामीण भेगबाट बिरामी चन्द्रपुर अस्पताल आउने गरेका छन् । चन्द्रनिगाहपुरमा निजी लगानीमा पहिलो पटक सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएको हो । अस्पतालले २४सै घण्टा सेवा प्रदान गर्ने भएकाले उपचारका लागि अन्य स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीयको भनाइ छ । अस्पतालले सरकारीभन्दा बढी सेवासुविधा प्रदान गर्दै आएको अस्पतालका प्रमुख डाक्टर सुवास चौधरी बताउँछन् । अस्पताल प्रशासनले बिरामीको उपचार सहज बनाउन सेवासुविधामा जोड दिएको छ । गर्भवती महिलाले पाउने रक्त सञ्चार सेवा, अप्रेशन सेवाजस्ता सुविधा अस्पतालले दिँदै आएको छ । बाढीपीडित, असहाय, गरीब र विपन्न परिवारलाई निःशुल्क उपचारको व्यवस्था गरेको सो अस्पतालका डाक्टर चौधरीको भनाइ छ । सदरमुकाम गौरमा रहेको सरकारी अस्पताल ५० शय्याको भए पनि त्यहाँ प्राथमिक स्वास्थ्य सेवाबाहेक अन्य सुविधा नभएको स्थानीयको गुनासो छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)