ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेत प्रशासनद्वारा ९ करोड राहत वितरण

Aug 23, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । जिल्ला प्रशासन कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०७४/७५ मा विभिन्न राहतबापत ८ करोड ८९ लाख रुपैयाँ राहत वितरण गरेको हो । कार्यालयले वैदेशिक रोजगार क्षतिपूर्तिबापत ८ सय ९४ जनालाई ६० लाख ७० हजार र दैवीप्रकोप राहततर्फ १७ लाख ४ हजार रुपैयाँ वितरण गरेको छ । सवारी दुर्घटनाबाट पीडितलाई २० लाख ७५ हजार, द्वन्द्वपीडितलाई ७ करोड ९० लाख ६४ हजार वितरण गरिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार मृतकका हकदारलाई १ करोड ९१ लाख ५० हजार, बेपत्ताका हकदारलाई ३५ लाख, टुहुरालाई राहत ७ लाख ३३ हजार, अपाङ्गलाई ११ लाख ९० हजार र विस्थापितलाई ५ करोड ४४ लाख ९० हजार रुपैयाँ राहत वितरण गरिएको छ । १ करोड राजस्व सङ्कलन कार्यालयले गत आवमा रू. १ करोड १ लाख राजस्व सङ्कलन भएको बताएको छ । राहदानी शुल्क, दण्ड जरीवाना, अवैध हातहतियार खरखजाना, संस्था दर्ता तथा नवीकरणबाट १ करोड बढी राजस्व सङ्कलन भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यालयले गत आवमा १२ हजार ४ सय ३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको छ । गत आवमा जिल्लाबाट सिफारिश भएर राहदानी लिने १ हजार ८ सय ६२ र द्रुत सेवाबाट राहदानी लिन सिफारिश भएका २ हजार ७७ जना छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)