ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीको नाफा ३३% वृद्धि

Aug 26, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । १५ ओटा निर्जीवन बीमा कम्पनीको कुल नाफा ३३ प्रतिशत बढेको छ । सम्बन्धित कम्पनीको गत आवको चौथो वित्तीय विवरणले यस्तो देखाएको हो । नयाँ बीमा कम्पनीहरू अजोड इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससहित १५ कम्पनीले गत असार मसान्तसम्ममा कुल रू. ३ अर्ब १९ करोड नाफा कमाएका छन् । अघिल्लो आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ३९ करोड नाफा कमाएका थिए । हालै मात्र कारोबार शुरू गरेका अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससहित नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी सञ्चालन छन् । नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र दी ओरियण्टल इन्स्योरेन्स कम्पनीले भने गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छैनन् । उक्त अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा सबैभन्दा बढी १ सय ३२ प्रतिशत बढेर रू. ५५ करोड ९ लाख पुगेको छ । प्रतिशेयर आम्दानी पनि यस कम्पनीको नै सर्वाधिक (रू. २ सय ६ दशमलव ६४) छ । त्यसैगरी आईएमई जनरल इन्स्योरेन्स कम्पनीको नाफा १ सय २ प्रतिशत बढेर रू. १६ करोड ८७ लाख पुगेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)