ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली र कञ्चनपुरमा वन अतिक्रमण बढ्दो

Aug 28, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । पछिल्ला वर्षमा प्रदेश नम्बर ७ का दुई जिल्ला कैलाली र कञ्चनपुरमा वन अतिक्रमण बढेको छ । कैलालीमा हालसम्म २ हजार ५ सय हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भइसकेको तथ्याङ्क जिल्ला वन कार्यालयको छ । कञ्चनपुरमा पनि झण्डै साढे ६ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । प्रदेशका पहाडी जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा वन अतिक्रमण उच्च रहेको वन कार्यालयका अधिकारीहरू बताउँछन् । सुकुम्बासी, मठमन्दिरलगायतको नाममा वन अतिक्रमण बढ्दो क्रममा देखिएको जिल्ला वन कार्यालय कैलालीका सहायक जिल्ला वनअधिकृत भीम ढकालले जानकारी दिए । कैलालीमा २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्र छ । कञ्चनपुरमा ६१ हजार वन क्षेत्र छ भने ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फैलिएको छ । पछिल्लो समय कैलालीमा विकास निर्माणका कामले गति लिन थालेपछि सो क्रममा वन मासिने क्रम पनि बढ्दै गएको हो । धनगढी–अत्तरिया साढे १४ किलोमिटरको ६ लेन सडक निर्माणका क्रममा मात्रै १६ सय रूखहरू काटिएका छन् भने राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजना निर्माणका क्रममा १४ हजार रूख काटिएको तथ्याङ्क छ । नेपालका प्रदेशमध्ये सबैभन्दा धेरै जङ्गल प्रदेश नं ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं. ७ मा १९ लाख ७७ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार १ सय १० हेक्टर अर्थात् ५७ दशमलव ९६ प्रतिशत जङ्गल छ । प्रदेशमा सामुदायिक वनको अवधारणाअनुरूप प्रायः सबै घरधूरीहरू संलग्न भई वन उपभोक्ता समितिमार्फत वनको व्यवस्थापन हुँदै आएको छ । प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा ८ लाख ९३ हजार क्यूफिट काठ विक्रीबाट कुल रू. २९ करोड ९० लाख राजस्व असुली भएको तथ्याङ्क छ भने गैरकाष्ठ वन पैदावारबाट रू. १ करोड १६ लाख राजस्व असुली भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)