ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जनमा वृद्धि

Aug 29, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । असार मसान्तसम्ममा १५ निर्जीवन बीमा कम्पनीले कुल रू. १७ अर्ब ६३ करोड बीमाशुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क अघिल्लो आवको तुलनामा १८ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीले रू. १४ अर्ब ८३ करोड बीमा शुल्क आर्जन गरेका थिए । १५ कम्पनीले अग्नि बीमा, मोटर, सामुद्रिक, हवाई, इञ्जिनीयरिङ र कृषि तथा बाली बीमा गराएबापत सो बीमाशुल्क आर्जन गरेका हुन् । बीमा कम्पनीले बीमितको जोखिम ग्रहण गरेबापत बीमितसँग जोखिमअनुरूप लिएको रकमलाई बीमाशुल्क भनिन्छ । निर्जीवन बीमा कम्पनीको बीमाशुल्क निर्धारण गर्दा विगतमा बीमा कम्पनीमा परेका दाबीका आधारमा भविष्यका लागि व्यवस्थापकीय खर्च तथा मुनाफाको सम्भावना विश्लेषण गरेर क्षेत्रगत रूपमा बीमाको प्रकृतिअनुसार बीमाशुल्क तयार पार्ने गरिन्छ । बीमा समितिले स्वीकृत गरेअनुसार बीमा शुल्क दर तय हुन्छ ।

असार मसान्तसम्ममा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क सङ्कलन १ सय ५७ प्रतिशतले बढेर रू. ९३ करोड ७३ लाख पुगेको छ । कम्पनीले अघिल्लो आवमा रू. ३६ करोड ३५ लाख बीमाशुल्क आर्जन गरेको थियो । मङ्गलवार यस कम्पनीको शेयर मूल्य ५० रुपैयाँले बढेर रू. १० हजार ४ सय ५० मा बन्द भएको छ । त्यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले रू. ६० करोड १८ लाख बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १ सय २८ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा रू. २६ करोड ३५ लाख बीमाशुल्क आर्जन गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)