ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपहाडी लोकमार्ग : पर्वत खण्डमा सडक विस्तार धमाधम

Aug 30, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतभित्र पर्ने सडकखण्डमा सडक फराकिलो बनाउने काम अहिले धमाधम अगाडि बढेको छ । कास्कीको सिमाना नयाँपुलदेखि बागलुङको मालढुङ्गासम्मको खण्डमा अहिले साँघुरो रहेको सडक चाक्लो बनाउन भित्तो काट्ने, डिल उकास्ने, साँघुरा घुम्तीलाई खार्नेलगायत काम भइरहेको छ । सो खण्डको २३ दशमलव ७६ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ष्ट्रक्शन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको हो । कम्पनीका व्यवस्थापक गोविन्द भुसालले ३६ महीनामा निर्माण पूरा गर्ने सम्झौता भए पनि २६ महीनामा सक्ने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिए । मध्यपहाडी लोकमार्गको १ हजार ७ सय ७६ किलोमिटर लम्बाइमध्ये पश्चिमक्षेत्रमा पर्ने १ हजार ९५ किमीमा प्राथमिकता दिएर काम गरिरहेको आयोजनाको दाङस्थित पश्चिम क्षेत्रका प्रमुख सूर्य भाटले बताए । ‘मुक्तिनाथ जाने धार्मिक पर्यटक आउजाउ गर्ने भएकाले पोखरा–बागलुङ खण्डलाई अझै बढी प्राथमिकता दिएका छौं,’ उनले भने । सडक चक्लाबन्दीअन्तर्गत अहिले डाँडा भत्काउने काम भइरहेको छ । त्यसपछि दुवैतर्फ नाली, ग्याभिन जाली, ‘रिटेनिङ वाल’ सहित कालोपत्र पनि सँगसँगै हुने निर्माण कम्पनीले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)