ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरबहाल कर : सुर्खेतमा ४ गुणाले बढ्यो

Aug 31, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले घर र जग्गाको भाडाबापतको कर बढाएको छ । नगरपालिकाले गत आर्थिक वर्षको तुलनामा यसपालि ४ गुणाले बहाल कर बढाएको हो । गत आवमा नगरपालिकाले घर र जग्गा भाडामा दिएबापत घरजग्गा धनीलाई २ प्रतिशत मात्रै कर लगाएको थियो । तर, ‘वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक ऐन–२०७५’ अनुसार चालू आवदेखि नगरपालिकाले त्यस्तो कर बढाएर १० प्रतिशत पुर्‍याएको हो । गत असार १४ गतेको नगरसभाबाट आर्थिक ऐन स्वीकृत भएको नगरले बताएको छ । ऐन स्वीकृत भएसँगै अब नगर क्षेत्रभित्र कुनै पनि व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले भाडामा दिएमा बहाल रकमको १० प्रतिशतका दरले कर तिर्नुपर्नेछ । ऐनअनुसार नै नगरले जग्गा बहाल कर लगाइने र असुली गर्ने योजना बनाइएको हो । नगरले आन्तरिक स्रोत वृद्धिका लागि घर जग्गा बहाल कर बढाएको बताएको छ । सङ्घीयता कार्यान्वयनसँगै कर्णाली प्रदेशको राजधानीका रूपमा वीरेन्द्रनगर तोकिएपछि यहाँ घर निर्माण तीव्र रूपमा भइरहेको छ । सुर्खेत उपत्यकामा खेतीयोग्य जमीन नै मासिने गरी घर निर्माण भइरहेका छन् । व्यापारव्यवसाय वृद्धि प्रदेश राजधानी भएसँगै नगरपालिकामा सर्वसाधारणको चापसमेत बढेको छ । कर्णाली प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरेन्द्रनगरमा व्यापार व्यवसायसमेत फस्टाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)