ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्त कम्पनीको नाफा २४% घट्यो

Sep 2, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १८ वित्त कम्पनीको वित्तीय विवरणले थोरै कम्पनीको मात्र नाफा बढेको देखाएको छ । वित्तीय विवरणमा अधिकांश कम्पनीको नाफा घटेको देखिन्छ । कम्पनीहरूको नाफा हेर्दा अघिल्लो आवको तुलनामा कुल २४ दशमलव ५३ प्रतिशत घटेको छ । अघिल्लो आवमा यी कम्पनीले रू. १ अर्ब ३७ करोड नाफा आर्जन गरेका थिए भने गत आवको चौथो त्रैमासमा रू. १ अर्ब ३ करोड मात्र नाफा कमाएका छन् । रिलायन्स फाइनान्सले भने चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन । प्रकाशित विवरणमा १० कम्पनीको नाफा घटेको छ भने आठ कम्पनीको नाफा बढेको छ । कम्पनीहरूको ब्याज खर्च र कर्मचारी खर्चहरू बढ्दा नाफा घट्न पुगेको विवरणमा देखिन्छ । सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा बेष्ट फाइनान्स कम्पनी रहेको छ । कम्पनीको अघिल्लो आवमा नाफा रू. ५२ लाख ६१ हजार ऋणात्मक थियो भने गत आवको असार मसान्तमा रू. ४ करोड ४२ लाख धनात्मक भएको छ । कम्पनीको ब्याज आम्दानी, अघिल्लो आवमा ऋणात्मक रहेको सञ्चालन मुनाफा गत आवमा धनात्मक हुनाले नाफा बढ्न पुगेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ८७ रहेको छ ।

त्यसैगरी हाथवे फाइनान्स कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २ सय ८६ प्रतिशत बढेको छ । अघिल्लो आवको सोही अवधिमा रू. १ करोड ६७ लाख रहेको नाफा गत आवको असार मसान्तमा रू. ५ करोड ६६ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव १७ रहेको छ । बोल्ड मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स कम्पनीको नाफा १ सय ४२ प्रतिशत बढेको छ । कम्पनीको अघिल्लो आवमा रू. १ करोड ७१ लाख रहेको नाफा गत आवको असार मसान्तमा रू. ४ करोड १५ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ८४ रहेको छ । सबैभन्दा बढी प्रतिशेयर आम्दानी रू. ३३ दशमलव १९ रहेको जानकी फाइनान्सको नाफा अघिल्लो आवको तुलनामा २९ दशमलव ४४ प्रतिशत बढेको छ । चौथो त्रैमासमा प्रोगे्रशिभ फाइनान्सको नाफा अघिल्लो आवको तुलनामा ७४ दशमलव ७३ प्रतिशत घटेको छ । अघिल्लो आवमा रू. १ करोड ४० लाख आर्जन गरेको नाफा गत आवको असार मसान्तसम्ममा रू. ३५ लाख ४७ हजारमा सीमित भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ६९ रहेको छ । सबैभन्दा कम प्रतिशेयर आम्दानी रू. १ दशमलव ४६ रहेको गोर्खाज फाइनान्सको नाफा अघिल्लो आवको तुलनामा ९० प्रतिशत घटेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)