ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीराम सुगर मिलले ऊखु किसानको रकम भुक्तानी गर्दै

Sep 4, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
भदौ १९, रौतहट । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले किसानको करीब २७ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । गत आर्थिक वर्षकोे १५ करोड तथा त्यस अघिकोे १२ करोड गरी २७ करोड रुपैयाँ भुक्तानी गर्न लागेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहित, कर कार्यालय, आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका प्रतिनिधिले सोमवार श्रीराम सुगर मिल्सको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले चाडपर्वभन्दा अगावै उखु किसानको रकम भुक्तानी दिन मिल प्रशासनलाई आग्रह गरेका थिए । उद्योगका महा–प्रबन्धक पिके झाले यस वर्ष मिल्सले चिनी उत्पादन कम गरेकाले घाटा बेहोर्नु परेको बताएका छन् । सामान्यतया एक क्विण्टल ऊखुमा नौ किलो चिनी उत्पादन हुनुपर्नेमा निकै कम भएकाले मिललाई घाटा भएको उनले बताए । महाप्रबन्धक झाका अनुसार उद्योगलाई १० करोड रूपैयाँ घाटा लागेका छ । उद्योग घाटामा रहेकाले भुक्तानीमा समस्या थपिएको बताए । यस वर्ष ऊखु क्रसिङ हुने समयभन्दा अघि नै भुक्तानी दिने योजना रहेको उनले भनाई छ । मिलमा जडान भएका यान्त्रीक उपकरणमा समस्या आएको र पुराना समेत भएकाले चिनी उत्पादनमा कमि आएको हुन सक्ने बताईएको छ । यस वर्ष मिलका सम्पर्ण उपकरण (पार्टपुर्जा) मर्मत तथा नयाँ जडान समेत गरिएकाले अपेक्षाअनुसारको चिनी उत्पादन हुने उनको भनाई छ । उत्पादन राम्रो भएमा किसानको बक्यौता भुक्तानी दिन समस्या नहुने महाप्रबन्धक झाले बताए । मिलमा करीब ७ करोड रुपैयाँ मूल्य बराबरको चिनी गोदाममा रहेको छ । चिनी विक्री गरेर किसानलाई समयमा नै भुक्तानी दिन मिल प्रशासनलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । भुक्तानीकै समस्याका कारण रौतहटका किसानले अन्यत्रका चिनी मिल वा खाँडसरी(सख्खर उद्योग)मा पनि ऊखु दिने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)