ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आठबिसकोटमा बाढीपहिरोले ४ करोडको क्षति

Sep 5, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुमको आठबिसकोट नगरपालिकाका बाढीपहिरोले ४ करोडको क्षति भएको पाइएको छ । साउन अन्तिम सातादेखि भदौ दोस्रो सातासम्म नगरपालिकाका विभिन्न ठाउँमा गएको बाढीपहिरो र भूक्षयका कारण उक्त मूल्यबराबरको भौतिक सम्पत्ति, बाली र जग्गामा क्षति पुगेको हो । नगरका ४, ७, ८, ९, ११ र १२ नम्बर वडामा पहिरो, बाढी तथा भूक्षयले क्षति पुर्‍याएको छ ।

बाढीपहिरोले ११ नम्बर वडामा सबैभन्दा बढी क्षति पुगेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । विभिन्न ठाउँमा गएको पहिरो, बाढी र भूक्षयको कारण क्षति बेहोरेका २ सय १४ घरको विवरण सङ्कलन गरिसकिएको उनले जानकारी दिए । सङ्कलित तथ्याङ्कअनुसार २ सय १४ मध्ये २८ परिवार घरबारविहीन भएका छन् । यसैगरी अन्यत्र घरजग्गा नभएका १७ परिवारको घर पूर्णरूपमा क्षति भएको पाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

बाढी–पहिरोपीडितलाई आठबिसकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रश सोसाइटीले नगद, खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरेका छन् । नगरपालिकाको तथ्याङ्कअनुसार राहत सामग्री पाउनेको सङ्ख्या कम छ । नगरपालिकाले १८ घरपरिवारलाई ५ हजारका दरले नगद तथा केही खाद्यान्न सामग्री प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले ९ हजारका दरले २० घरपरिवारलाई राहत वितरण गरेको छ भने नेपाल रेडक्रश सोसाइटीले चार परिवारलाई गैरखाद्य सामग्री वितरण गरेको छ ।

वर्षाको समयमा घरबारविहीन बन्दा पनि राज्यबाट खासै सहयोग नपाइएको स्थानीय सोमे कामीले बताए । पहिरो, बाढी र भूक्षयका कारण क्षति बेहोरेका २ सय १४ तथा अन्य पीडितको पुनःस्थापनाका लागि सहयोग सङ्कलन गर्न थालिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)