धनगढी । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, अत्तरिया शाखाले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । शनिवार आयोजित उक्त कार्यक्रममा अत्तरिया शाखामार्फत कार्यरत एजेन्सी म्यानेजर तथा अभिकर्तालाई सहभागी गराई तीज तथा अभिकर्ता पुनर्ताजगी कार्यक्रमको समेत आयोजना गरिएको शाखा प्रबन्धक गजेन्द्र भण्डारीले जानकारी दिए ।
कार्यक्रममा ५२ जना अभिकर्ताको सहभागिता थियो । सहभागीहरूलाई गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रबन्धक तारासिंह बमले अभिमुखीकरण प्रशिक्षण दिएका थिए । तीज विशेष कार्यक्रममा कम्पनीले हालै ल्याएका अभिकर्ता उत्प्रेरणा योजनाअन्तर्गत उत्कृष्ट प्रथम बीमा शुल्क सङ्कलन गर्ने सफल तीनजनालाई पुरुस्कारसहित सम्मान गरिएको प्रबन्धक भण्डारीले जानकारी दिए । उनका अनुसार प्रथम हुने कौशिल्या राना, द्वितीय प्रियाकुमारी चौधरी तथा तृतीय मीना भाटलाई नगदसहित सम्मान गरिएको हो ।