ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रघुगङ्गाको पर्यटन गुरुयोजना तयार

Sep 10, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले प्रसिद्ध २ धार्मिक स्थल गलेश्वरधाम र ऋखार क्षेत्र जोड्ने पदमार्गलाई उच्च प्राथामिकता दिँदै पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशील नेपालको सहकार्यमा पर्यटनविद्सहितको टोलीले बस्तीस्तरमा पुगेर गुरुयोजना तयार पारेको हो । गुरुयोजनाले ५ वर्षभित्र उपलब्धि हासिल गर्न सकिने पर्यटनको सम्भावना उजागर गरेको छ । गाउँपालिकाका सबै बस्तीमा पुगेर स्थानीय अगुवा, जनप्रतिनिधि र विज्ञको रायबमोजिम गुरुयोजना तयार पारिएको संस्थाका प्रमुख रामचन्द्र सुवेदीले जानकारी दिए । ‘पदमार्ग, घरवास (होमस्टे) र पर्यटनका अन्य पूर्वाधार निर्माणका सम्भावना समेटेर पञ्चवर्षीय गुरुयोजना तयार पारेका हौं,’ उनले भने, ‘गुरुयोजनामा गाउँपालिकास्तरमा गर्न सकिने पर्यटन कार्यक्रमसमेत समेटेका छौं ।’ गुरुयोजनाले सबै वडाको पर्यटकीय सम्भावनाको खोजीसँगै आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले सप्तऋषिले तपस्या गरेको पवित्र क्षेत्र ऋखार र प्रसिद्ध धार्मिकस्थल गलेश्वरलाई जोड्नेगरी गुरुयोजना बन्नु महŒवपूर्ण भएको बताए । पर्यटनसँग सम्बन्धित जुनसुकै कार्यक्रम गुरुयोजनाअनुसार नै अघि बढाइने अध्यक्ष भण्डारीको भनाइ छ । ‘गाउँ नै गाउँले भरिएको रघुगङ्गा पर्यटनको अपार सम्भावना भएको क्षेत्र हो,’ उनले भने, ‘यहाँ होमस्टेको विकासका लागि आवश्यक तालीम र सहजीकरण गरिनेछ ।’ बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरको गायत्री मन्दिर–मौवाफाँट–दग्नाम–दरमिजा –तातोपानी कुण्ड–चिमखोला– घ्यासीर्खक – दुवाडी हुँदै ऋखार क्षेत्र पुग्ने नयाँ पदमार्गको प्रस्तावसमेत गुरुयोजनामा उल्लेख छ । ‘यसको पूर्वाधार विकासमा पनि हामी लाग्नेछौं,’ अध्यक्ष भण्डारीले भने, ‘यो एक हप्ताको रूट बन्नेछ ।’ छोटो दूरीका लागि गलेश्वर गायत्री मन्दिर–भगवती–रुइसे भएर बेनी फर्किने र अर्को रुइसे–नौली बराह–देउराली–बादुक हँुदै अग्लो पुल निस्कने पदमार्ग निर्माण गर्न सकिनेछ । केही वर्षअघि रघुगङ्गा क्षेत्रमा पहिचान भएको धवलागिरि सेञ्चुरी र धवलागिरि आइसफलका अतिरिक्त अन्य पदमार्ग निर्माणमा विशेष जोड दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)