ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुडेन मेयरको ६१ लाखको गाडी

Sep 16, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतको फलेवास नगरपालिकाले मेयरका लागि खरीद गरेको स्कारपियो गाडी कार्यालयमै थन्किएको छ । गत वैशाखमा ६१ लाख रुपैयाँमा गाडी किनिएको थियो । नगरपालिकाभित्रका कच्ची र गाडी गुडाउनै नमिल्ने गरी खाल्डाखुल्डीयुक्त सडक भएका कारण गाडी थन्किएको हो । नगरपालिकाबाट सदरमुकाम आउजाउमा मात्रै मेयर पदमपाणि शर्मा स्कारपियो गाडीमा शयर गर्छन् । नगरपालिकाका कुनै वडामा उक्त गाडी सहज रूपमा चल्न सक्दैन । नयाँ खरीद गरिएको गाडी नगरपालिकामै थन्काएर मेयर शर्मा भाडाका गाडी चढेर हिँड्ने गरेका छन् । आधा करोडको गाडी थन्काएर मेयर भाडाका गाडीमा गुड्दा नगरपालिकालाई आर्थिक भार थपिएको छ । मासिक १ लाख रुपैयाँ भाडाको गाडीमा सकिने गरेको छ । फलेवास नगरपालिकामा १ इञ्च पनि सडक कालोपत्र छैन । ११ ओटै वडामा कच्ची सडक छ । कच्ची सडकमा बर्खाका कारण खाल्डाखुल्डी परेका छन् । ‘सडक गतिलो नभएको नगरपालिकाका मेयरले गाडी किनेर गल्ती गरे,’ वडा नम्बर ५ का हीरामणि सापकोटाले भने, ‘पहिले सडक गतिलो बनाएर गाडी चढेको भए पनि हुन्थ्यो ।’ उनले मेयर नगरवासीलाई सुविधा दिनभन्दा आफू सुविधा लिन केन्द्रित भएको बताए । नगरपालिकाका सडकहरू अहिले बर्खामा हिलाम्मे र खाल्डाखुल्डी परेर गाडी गुडाउने खालका छैनन् । दोबिल्ला–फलेवास सडक ग्राभेल भएको हुनाले गाडी चले पनि अन्य सडकहरू सबै मौसमी हुन् । पानी पर्नासाथ सडक बन्द हुन्छन् । सडक नै गतिलो नभएको नगरपालिकामा गाडी खरीद गर्न नगरप्रमुख हतारिनु गलत भएको नगरवासीहरू बताउँछन् । गाउँमा बिरामी हुँदा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने नगरवासीको बाध्यता छ । वर्षा शुरू भएदेखि गाउँका बासिन्दाले सहज रूपमा हिँडडुल गर्न पाएका छैनन् । नगरपालिकाका प्रमुख शर्मा गत बुधबार फलेवास–२, थापाठानामा तीजको मेला उद्घाटन गर्न जाँदा उनी सवार गाडी फसेर १ घण्टा ढिलो भएको थियो । ग्रामीण सडकको स्तरोन्नति गर्न स्थानीयले नगरपालिकालाई सुझाव दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)