ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उमेरले छेकेन पढ्न : नातिनीसँगै विद्यालय जान्छन् अकलु माझी

Sep 20, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । भनिन्छ पढ्ने र सिक्ने काम जीवनपर्यन्त जारी रहन्छ । अनि पढ्नका लागि कुनै उमेरको हदबन्दी पनि हुँदैन । उमेर ढल्कँदै गरे पनि औपचारिक शिक्षा शुरू गर्न सकिन्छ । र, त्यसका लागि चाहिन्छ प्रबल इच्छाशक्ति र लगाव । रौतहटको चन्द्रपुर नगरपालिका–१० बर्डअवामा यस्तै पात्र भेटिएका छन् । औसत आधा उमेर काटिसकेका अकलु माझी यतिबेला आफ्नी नातिनीसँगै विद्यालय जान्छन् । आकाशे रङको शर्ट र कालो पाइण्ट लगाएर हातमा झोला बोकेर विद्यालय जानु उनको दैनिकी बनेको छ । माझी अहिले श्री माध्यमिक विद्यालय डुमरियामा कक्षा १० मा उनी अध्ययनरत छन् । मुसहर समुदायका माझीको इच्छा कम्तीमा एसईई उत्तीर्ण गर्ने छ । घरको आर्थिक अवस्था कमजोर रहेकाले समयमा पढ्न नपाएको माझी बताउँछन् । उनी २०६५ सालमा गाउँकै जनता प्राविमा कक्षा १ मा भर्ना भएका थिए । २०४५ सालदेखि नै विद्यालयमा पढ्ने इच्छा राखेका उनलाई सामान्य शिक्षा गाउँकै शिक्षक जोगीन्द्र चौधरीले दिएका थिए । करीब २ वर्षसम्म शिक्षक जोगीन्द्रबाट लेखपढ गर्न सिकेको उनको भनाइ छ । ‘पहिले घरको कमजोर आर्थिक अवस्थाले पढ्न पाइनँ । पढ्ने मन हुँदा हुँदै पनि ज्यालामजदूरी गर्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘समय बित्दै गयो, पढ्ने इच्छा र रहर झन् बढ्दै गयो, त्यसपछि अरू केही नसोची विद्यालयमा भर्ना भएँ ।’ तीव्र इच्छाशक्तिको कारण विद्यालय पढ्दै आएका माझीलाई पढाइलाई निरन्तरता दिन सजिलो भने छैन । उनलाई सधैंजसो आर्थिक समस्याले पिरोल्ने गर्छ । परिवारमा ११ सदस्यका अभिभावकसमेत रहेका उनी दैनिक ज्यालामजदूरी गर्दै आएका छन् । ‘काम नगरे खान पाइन्न,’ उनी भन्छन्, ‘त्यसैले फुर्सद मिलाएर काम र पढाइ दुवै गरेको छु ।’ यद्यपि, आफ्ना नातिनातिनासँगै एउटै विद्यालयमा पढ्न पाउँदा आफू हर्षित भएको उनी बताउँछन् । शिक्षाविना जीवन अन्धकार हुने उनको अनुभव छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)