ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३५ कम्पनीले गरे लाभांश घोषणा : नगद लाभांशमा अधिकांशको जोड

Sep 23, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । सूचीकृत ३५ कम्पनीले लाभांश वितरणको घोषणा गरेका छन् । उक्त कम्पनीहरूले आव २०७४/७५ को नाफा र रिजर्भ कोषबाट लाभांश वितरण गर्न लागेका हुन् । अधिकांश कम्पनीले अघिल्लो आवको भन्दा कम लाभांश वितरणको निर्णय गरेका छन् । ३५ कम्पनीमध्ये ९ ओटाले साधारणसभा बोलाएका छन् । रिडी हाइड्रोपावर कम्पनीले असोज २० गते, फर्स्ट माइक्रोफाइनान्सले असोज २७, आईसीएफसी फाइनान्सले असोज ९, स्वरोजगार लघुवित्तले असोज २०, बोटलर्स नेपाल (तराई)ले असोज १६, महालक्ष्मी विकास बैङ्क र गरिमा विकास बैङ्कले असोज २६, जानकी फाइनान्सले असोज २९ गते र बोटलर्स नेपाल (बालाजु) कम्पनीले असोज १५ गते साधारणसभा आयोजना गरेका हुन् । आव २०७४/७५ मा लघुवित्तमध्ये सूर्योदय लघुवित्त कम्पनीले सबैभन्दा बढी प्रतिशत लाभांशको घोषणा गरेको छ । कम्पनीले ४२ दशमलव ७५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, फष्र्ट माइक्रोफाइनान्स लघुवित्त र स्वदेशी लघुवित्तले भने नगद लाभांश मात्र दिने निर्णय गरेका छन् । वोमी माइक्रोफाइनान्सले २५ प्रतिशत नगद लाभांश, फष्र्ट माइक्रोफाइनान्सले १२ दशमलव ६३ प्रतिशत र स्वदेशी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेका हुन् । त्यसैगरी विकास बैङ्कमध्ये काबेली विकास बैङ्कले सबैभन्दा बढी (३५ प्रतिशत) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांश मात्र दिने कम्पनीमा ज्योति विकास बैङ्क छ । कम्पनीले ८ दशमलव ४० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।

फाइनान्स कम्पनीमा जानकी फाइनान्स कम्पनीले सबैभन्दा बढी बोनस दिने निर्णय गरेको छ । कम्पनीले २२ प्रतिशत बोनस शेयर वितरणको निर्णय गरेको हो । पोखरा फाइनान्स र जानकी फाइनान्सबाहेक आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स र युनाइटेड फाइनान्सले नगद लाभांश मात्र दिने निर्णय गरेका छन् । कतिपय कम्पनीले आव २०७३/७४ को लाभांश वितरण गर्न बाँकी नै छ । बाँकी रहेकोमा सिभिल बैङ्कले पूँजीवृद्धिका लागि १० दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यसका लागि कम्पनीले असार ५ गते नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएको थियो । त्यसैगरी सेण्ट्रल फाइनान्स कम्पनीले ८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावमा असार १४ गते नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत पाएको छ । त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ३६ प्रतिशत बोनस शेयर तथा १ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । भार्गव विकास बैङ्कले ५ दशमलव ५६ प्रतिशत बोनस शेयर तथा शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यस्तै, रिलायन्स फाइनान्सले १२ प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)