ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा फिस्टुला अस्पताल सञ्चालन

Sep 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १७ शøयाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । पौने ६ करोड रुपैयाँमा निर्मित फिस्टुला केन्द्र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र बनाइएको छ । केन्द्रको गत शुक्रवार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरेका थिए । फिस्टुला केन्द्र बीएमजी टेराटेक जर्मनी र आईएनएफ यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुलारोगी महिलाको उपचार सहज हुने भएको छ । अहिलेसम्म फिस्टुला अस्पताल धरान र काठमाडौंमा मात्रै थिए । सुर्खेतमा १० वर्षयता वार्षिक शिविर सञ्चालन गरेर फिस्टुलाको शल्यक्रिया गरिँदै आएको थियो । बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारण महिलाको पिसाब थैली र योनीद्वारमा प्वाल परी पिसाब चुहिने समस्यालाई फिस्टुला भनिन्छ । आईएनएफले फिस्टुलाको शल्यक्रियाका लागि सुर्खेतमा शिविर सञ्चालन गर्दै आए पनि नियमित उपचारका लागि भने बिरामीहरू अन्य जिल्ला जानुपर्ने बाध्यता थियो । ‘अब आफ्नै भवनबाट दैनिक रूपमा विषशेज्ञ सेवा दिइनेछ,’ फिस्टुला केन्द्रकी इञ्चार्ज कृपा चौधरीले भनिन्, ‘फिस्टुलाको उपचार निःशुल्क हुने भएकाले गरीब तथा असहायलाई सहयोग पुग्नेछ ।’ उनका अनुसार फिस्टुलाको बिरामी र कुरुवालाई आउने–जाने खर्चसमेत दिइनेछ । क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका बिरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)