ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पप्पुका सञ्चालकलाई पक्राउ गर्न पूर्जी जारी

Sep 26, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । जिल्ला अदालत रौतहटले निर्माण कम्पनी पप्पु कन्ष्ट्रक्शनका सञ्चालक सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा भएको डुङ्गा दुर्घटनाको मुख्य कारण समयमा पुल निर्माण नभएको भन्दै पीडितको किटानी जाहेरीपछि पक्राउ पूर्जी जारी भएको हो । जिल्ला प्रहरीले रौनियारलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आए पनि उनले बेवास्ता गरेपछि जिल्ला अदालतबाट आदेश लिएर पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ९ को उफा २ बमोजिम पक्राउ गर्न जिल्ला अदालतसमक्ष माग गरेकोमा अदालतले असोज ४ गते पक्राउ गर्न आदेश जारी गरेको छ । असोज ५ गते रौतहट प्रहरीले सुमितलाई पक्राउ गरी बुझाउन पर्सा प्रहरीमा पत्र पठाए पनि काठमाडौं रहेको बताएपछि प्रहरीले पुनः महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरलाई पत्र पठाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले टिकुलिया घाटमा भएको डुङ्गा दुर्घटनाका विषयमा केही कुरा बुझ्न अनुरोध गर्दा अटेर गरेकोले पक्राउ पूर्जी जारी गरिएको बताए । टिकुलिया घाटको डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । पुल नभएकै कारण सर्वसाधारणले डुङ्गामा जोखीमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयको भनाइ छ । पुल निर्माण १ वर्षदेखि अलपत्र छ । ठेकेदारले २०७१ असार २९ गतेदेखि निर्माण शुरू गर्ने सम्झौता गरी पुलको शिलान्यास भएको थियो । निर्माणको ठेक्का वीरगञ्जको कम्पनी पप्पु कन्ष्ट्रक्शनले १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा लिएको थियो । सो पुल २०७४ असार २५ गते सक्ने समयसीमा तोकिए पनि पिल्लर उठाउनबाहेक अरू काम हुन सकेको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)