ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश ७ः नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सिफारिस भएपछि विरोध, अनिश्चितकालीन बन्दको घोषणा

Sep 26, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

असोज १०, धनगढी । प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी राख्न सुझावसहितको प्रतिवेदन संसद बैठकमा प्रस्तुत भएपछि धनगढीमा विरोध प्रदर्शन गरिएको छ । प्रदेशको नाम र राजधानीको नाम नसच्याए बिहीवारदेखि अनिश्चितकालीन धनगढी बन्दको घोषणा समेत गरिएको छ ।

मङ्गलवार प्रदेश नम्बर ७ को नाम र राजधानी तोक्न गठित विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन संसद बैठकमा प्रस्तुत गरेका थिए । समितिले नाम सुदूरपश्चिम र प्रदेश राजधानी कैलालीको गोदावरी नगरपालिका–४ तेघरीमा राख्न सिफारिस गरेको छ । सीमा नाका गौरीफण्टाबाट झण्डै २० किलोमिटर उत्तरमा रहेको नेपाली सेनाको ब्यारेक क्षेत्रमा राजधानी राख्न समितिको सुझाव छ । तर अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै काङ्ग्रेससहित धनगढीका स्थानीयवासी संसद भवन घेराउ गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

समितिले तेघरीस्थित नेपाली सेना व्यारेक क्षेत्रमा राजधानी राख्न सुझाव दिएको छ । स्थायी राजधानी र नाम प्रदेश सांसदभन्दा प्रतिनिधि सभाका सांसदको इसारामा तोकिएको भन्दै धनगढीलाई नै स्थायी राजधानी तोक्न धनगढीवासीले माग गरेका छन् । राजधानी र नामको विषयमा प्रदेश सभाको प्रतिपक्षी दल काङ्ग्रेसले संसदमा समेत असहमति जनाएको छ ।

प्रदेश सभाका कुल ५३ सांसदमध्ये नेकपाका ३९ जना, काङ्गे्रसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)