ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनप्रतिनिधि औपचारिक कार्यक्रममा व्यस्त

Oct 3, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । जनताबाट निर्वाचित प्रतिनिधि जनताको सेवामा व्यस्त हुनुपर्ने हो । तर, रौतहटका अधिकांश स्थानीय तहका जनप्रतिनिधि भने आफ्नो धेरैजसो समय औपचारिक कार्यक्रममा नै बिताउने गरेका छन् । १६ ओटा नगरपालिका र २ ओटा गाउँपालिका रहेको रौतहटमा अधिंकाश जनप्रतिनिधि औपचारिक कार्यक्रममा व्यस्त देखिन्छन् । स्थानीय तहमा जिम्मेवारी लिएर काम थालेको १ वर्ष हुँदा पनि धेरै जनप्रतिनिधिले कामबारे ध्यान नदिएको र उनीहरूको अधिकांश समय अतिथि बन्नमै बितेको स्थानीयले गुनासो गर्न थालेका छन् । नगरपालिका तथा गाउँपालिकाका विभिन्न वडामा औपचारिक कार्यक्रम आयोजना हुँदा जनप्रतिनिधि पुग्ने गरेका छन् । गाउँमा विकास गर्ने प्रतिबद्धता गरेर स्थानीय सरकारको नेतृत्वमा पुगेका जनप्रतिनिधि हरेक कार्यक्रममा नै समय बिताउँदा समस्या भएको चन्द्रपुर नगरपालिकाका स्थानीय सागर हुमागाईंले बताए । दिनभरि नै जनप्रतिनिधि कार्यक्रममा व्यस्त रहने भएकाले कार्यालयमा भेट नहुने गरेको उनको गुनासो छ । त्यस्ता किसिमका कार्यक्रममा समय बिताउँदा विकास निर्माणका वा सेवाग्राहीका अन्य काममा समस्या हुने भएकाले स्थानीय तहका अधिकांश जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । हरेक कार्यक्रममा आमन्त्रण हुने र त्यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेकाले पनि पुग्ने गरेको जनप्रतिनिधिको भनाइ छ । प्रायः औपचारिक–अनौपचारिक भेला, गोष्ठी, सेमिनार, बैठकलगायतमा कार्यक्रम भइरहने हुँदा त्यस्ता कार्यक्रममा पुग्ने गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए । कार्यक्रम महत्त्वपूर्ण भए पनि एउटै कार्यक्रममा घन्टौंसम्म बस्न आफूहरू ‘बाध्य’ रहेको उनको भनाइ छ । कार्यक्रमअनुसार प्रमुख, उपप्रमुख वा अन्य प्रतिनिधि जाने व्यवस्था गरेकामा स्थानीय सरकारले गर्नुपर्ने अन्य काम प्रभावकारी हुने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)