ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पैयूँकोट–हुवासबीच केबुलकार चलाउने तयारी

Oct 7, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । जिल्लाको महाशिला गाउँपालिकामा रहेको ऐतिहासिक पैयूँकोटबाट केबुलकार सञ्चालन गर्ने तयारी भएको छ । पर्यटकीय क्षेत्रको रूपमा पैयूँकोटलाई विकास गर्ने योजनाअनुसार केबुलकार सञ्चालन गर्न लागिएको हो । महाशिला गाउँपालिका र पैयूँ गाउँपालिकाको सहकार्यमा पैयूँकोटको विकासबारे छलफल शुरू भएको छ । हालै दुवै गाउँपालिकाका प्रतिनिधि सहभागी भई पैयूँकोटको विकासका लागि गुरुयोजना निर्माण गर्न लागेका हुन् । पैयूँकोटबाट हुवाससम्म केबुलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । ‘पैयूँकोटबाट हुवाससम्म केबुलकार चलाउन सके पैयूँकोटमा विकासको ढोका खोलिने देखिन्छ,’ अध्यक्ष पौडेलले भने, ‘पैयूँकोटको विकासका लागि दुवै गाउँपालिका जुटेर काम थालिसकेका छौं ।’ पैयूँकोट ऐतिहासिक क्षेत्र भए पनि ओझेलमा रहेको पौडेलले बताए । केबुलकार सञ्चालन गरेमा यसको महŒव देशभरि पुग्ने उनले विश्वास व्यक्त गरे । समुद्री सतहबाट करीब १ हजार ३ सय मिटर उचाइमा रहेको पैयूँकोटमा केबुलकारसँगै प्याराग्लाइडिङ पनि शुरू गरिने भएको छ । ‘हाम्रो समृद्धि पर्यटनबाट मात्रै सम्भव छ,’ पैयूँका अध्यक्ष तिवारीले भने, ‘पर्यटन प्रवर्द्धन गर्न पैयूँकोटको विकास गर्न जरुरी छ ।’ दक्षिणी पर्वतका बासिन्दाले पैयूँकोट मन्दिर र दरबारलाई गर्वको रूपमा लिने गरेका छन् । पैयूँकोट मन्दिरमा नियमित पूजा सञ्चालन गर्न र पुरानो संस्कार र परम्परालाई निरन्तरता दिने तयारी भएको छ । संरक्षण समिति र पूजा समितिलाई पुनर्गठन गर्न पैयूँ गाउँपालिका–३ र ४ तथा महाशिला–१ का वडाअध्यक्षलाई जिम्मेवारी दिने निर्णय भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार पैयूुकोट क्षेत्रको इतिहास तयार गर्न ११ सदस्यीय समिति गठन भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)