ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुर्गममा पनि निगमका चाइनिज विमान

Oct 7, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । विभिन्न कारणले नियमित उडान गर्न नसकेका राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका चाइनिज विमानले दुर्गम क्षेत्रमा समेत उडान गर्न थालेका छन् । निगमले तराईका विभिन्न विमानस्थलमा उडाएका चाइनिज विमानको दुर्गम क्षेत्रमा समेत उडान सफल परीक्षण भएपछि निगमले ती चिनियाँ विमानमार्फत नियमित उडान शुरू गरेको हो । अहिले निगमले व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउँदै लैजाने योजना अघि बढाएको निगम प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । प्रवक्ता सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान गरिएको बताए । निगमले शनिवार मात्रै लुक्लामा तीन उडान गरेको छ । शनिवार लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उनले जानकारी दिए । यसअघि निगमको ट्वीनअटर विमानले मात्र लुक्लामा उडान गर्ने गर्थे । पर्यटकीय सिजन शुरू भएकाले लुक्लामा विदेशी पर्यटकको चापको समय पारी निगमले लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना अघि सारेको छ । चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौओटा विमान रहेको निगमले करीब २० ओटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ । चिनियाँ विमान वाई–१२ र एक एमए–६० का लागि पाइलटको अभाव झेलेको निगमले पाइलटको पदपूर्ति गर्दै क्रमशः आन्तरिक उडानमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । अहिले आन्तरिक उडानमा निजी वायुसेवा कम्पनीले धेरै बजार क्षेत्र ओगटेका छन् । निगमले नाफा हुने क्षेत्रमा मात्र उडान नगरी दुर्गमका जनताले विमान सेवा उपभोग गर्न पाउने नीतिअनुरूप विभिन्न गन्तव्यमा उडान गर्ने नीति लिएको जानकारी दिएको छ । दशैंको मुखमा बढाएको आन्तरिक सेवाले आमनागरिक लाभान्वित हुने निगमको विश्वास छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)