ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नोट सटहीका लागि छुट्टाछुट्टै काउण्टर

Oct 9, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । नेपालीहरूको महान् चाड दशैंतिहार लक्षित नयाँ नोट सटहीका लागि नेपाल राष्ट्र बैङ्क धनगढीले बैङ्क तथा वित्तीय संस्थाहरूका लागि एउटा तथा सर्वसाधारणका लागि दुईओटा गरी तीनओटा काउण्टरको व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेशका कर्पोरेट कार्यालय रहेका बैङ्क तथा वित्तीय संस्था र शाखा कार्यालयलाई प्रतिशाखा १५ लाख रुपैयाँका दरले नयाँ नोट उपलब्ध गराउने व्यवस्था ११ गतेदेखि शुरू गरे पनि सर्वसाधारणका लागि भने आइतवारदेखि नोट सटहीको काम थालेको नेपाल राष्ट्र बैङ्क सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख किरण पण्डितले जानकारी गराए । आइतवार र सोमवार गरी झण्डै १ हजार २ सय सर्वसाधारणले नयाँ नोट राष्ट्र बैङ्कबाट सटही गरेको बताइएको छ । राष्ट्र बैङ्क धनगढीले कैलाली र कञ्चनपुरका लागि राष्ट्र बैङ्क धनगढीकै सटही काउण्टरबाट नोट उपलब्ध गराउने व्यवस्था मिलाएको छ भने पहाडी जिल्लाका लागि आवश्यक स्थान तथा सम्बन्धित बैङ्कबाटै नोट उपलब्ध गराउन सकिने व्यवस्था गरेको बैङ्कले जानकारी दिएको छ । एक व्यक्तिलाई बढीमा २७ हजार रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउने व्यवस्था भए पनि आवश्यक परे त्योभन्दा बढी पनि उपलब्ध गराउने राष्ट्र बैङ्क धनगढीले बताएको छ । आइतवार र सोमवार नोट सटहीका लागि आएका सर्वसाधारणमध्ये सबैले २७ हजारकै माग गरेका छैनन्, कसैले ५ हजार, १० हजार तथा थोरैले मात्रै २७ हजारभन्दा बढी नोटको माग गरेको बताइएको छ । यसपालिको दशैंतिहारमा गत वर्षभन्दा बढी नयाँ नोट वितरण हुने अनुमान राष्ट्र बैङ्कको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)