ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : राजस्व सङ्कलन वृद्धि

Oct 10, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशमा राजस्व सङ्कलन बढ्दै गएको छ । विभिन्न शीर्षकमा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले रू. १ अर्ब २९ करोड ६५ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको छ । चालू आवको २ महीनामा ९ करोड ७७ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी गराए । चालू आवको सो अवधिमा घरजग्गा रजिष्ट्रेशन शुल्कअन्तर्गत कुल ३९ करोड ९२ लाख ९० हजार अनुमान गरिएकोमा ५ करोड ४ लाख २५ हजार रुपैयाँ सङ्कलन भएको छ । सवारीसाधन करअन्तर्गत ४० करोड ४१ लाख ९२ हजार अनुमान गरिएकोमा ४ करोड २५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले अन्य कर शीर्षकमा ६ करोड, मनोरञ्जन करमा ५ लाख, विज्ञापन करमा १५ लाख, कृषि आयकरमा ५ लाख, प्रशासनिक सेवा शुल्कअन्तर्गत ५ लाख तथा दण्ड, न्याय जरीवानाबाट ३ करोड राजस्व सङ्कलनको अनुमान गरेको मन्त्री बोहराले बताए । न्यायिक दण्ड जरीवाना, न्यायिक हानितर्फको शीर्षकमा २ महीनामा कुल राजस्व सङ्कलनको १५ दशमलव ९२ प्रतिशत अर्थात् ४७ लाख ८६ हजार रुपैयाँ सङ्कलन भएको छ । प्रदेशका ८८ ओटै स्थानीय तहबाट तथ्याङ्क आउन बाँकी रहेको मन्त्री बोहराले जानकारी दिए । प्रदेश सेवा शुल्क शीर्षकमा सङ्कलित राजस्वको विवरण प्राविधिक कारणवश सार्वजनिक गर्न नसकिएको उनले बताए । प्रदेशका ९ जिल्लामा गरी १२ ओटा मालपोत कार्यालय रहेको बताउँदै मन्त्री बोहराले मालपोत कार्यालयबाट सङ्कलित कुल राजस्वको सङ्घीय सरकारले ६० तथा प्रदेश सरकारले ४० प्रतिशत अंश प्राप्त गर्ने व्यवस्था रहेको जानकारी दिए । प्रदेशभित्रका मालपोत कार्यालयबाट साउनमा ६ करोड ८८ लाख र भदौमा ५ करोड ७१ लाख रुपैयाँ सङ्कलन भएको छ । यातायात र ट्राफिकको राजस्व सङ्कलन पनि उल्लेख्य भएको मन्त्री बोहराले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)