ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिबाट करोडपति

Oct 23, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । आजभन्दा ४० वर्षपहिले ‘विदेश पनि जान्नँ, जागिर पनि खान्नँ’ भन्ने अडानका साथ १ हजारको लगानीबाट कृषि व्यवसाय शुरू गरेका म्याग्दीको बेनी नगरपालिका–२, खबराका चन्द्रबहादुर कार्की अहिले १ करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन् । सँगै पढेका साथी अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगेका भए पनि कार्कीको प्रगति देखेर उनीहरू पनि आश्चर्यचकित हुने गरेका छन् । २०३४ सालमा १ हजार रुपैयाँ लगानी गरी व्यवसाय शुरू गरेका कार्की अहिले जिल्लाकै नमूना कृषक र कृषि पेसाबाटै सामाजिक सेवामा सक्रिय बनेका छन् । आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन् । कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगाएत फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् । भैंसी, बाख्रा, मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका छन् । ‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती गरेको हुँ,’ उनी भन्छन्, ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जान धेरै अवसर आएका थिए तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरू गरें, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)