ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अस्तव्यस्त मुसीकोट बजार

Oct 24, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । ‘छरपरस्ट फोहोर, कमजोर र लापर्बाहीपूर्ण सडक व्यवस्था, अव्यवस्थित बजार’ रुकुमको मुसिकोट नगरपालिकाको परिचय बनेको छ । बजारलाई व्यवस्थित गरी नगर क्षेत्रको सुन्दरता कायम गर्न सकिएको छैन । जिल्लाको पहिलो नगरपालिका र जिल्ला सदरमुकामसमेत रहेको मुसिकोटमा कुनै सुधार आउन सकेको छैन । सडकहरू वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेका छन् । सडक तथा बाटोछेउछाउ खानेपानीका पाइप जताततै छरिएका छन् । साविकको साँख र खलङ्गा गाविस गाभेर २०७१ मङ्सिर १६ मा सरकारले मुसिकोट नगरपालिका घोषणा गरेको थियो भने सङ्घीय संरचनाअनुसार पछिल्लो पटक भलाक्चा, छिवाङ र स्यालापाखा गाविसका केही भूभाग समेटेर मुसीकोट नगरपालिका बनेको हो । नगरपालिका बनेको ४ वर्ष बितिसक्दा पनि यस क्षेत्रमा कुनै उल्लेख्य काम भने भएको देखिँदैन । नगर क्षेत्रलाई व्यवस्थित बनाउन योजना बनाउने तहमा काम भइरहेको मुसीकोट–१ का वडाध्यक्ष वीरबल केसीले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा नगरपालिकाको बजार क्षेत्रमा रहेको सार्वजनिक स्थलमा निर्माण भएका घुम्ती र टहरा सूचना गरी हटाइएको छ ।’ नगरपालिकाको अर्को मुख्य चुनौती हो बजार क्षेत्रको फोहोर व्यवस्थापन । सानो ठाउँमा गुजुमुज्ज भएर रहेको बजार क्षेत्रमा अव्यवस्थित निर्माण हुँदा कठिनाइ उत्पन्न भएको छ । बजारमा ढल निकास र खानेपानीका पाइपको उचित व्यवस्थापन हुन सकेको छैन । बजारबाट दैनिक निस्कने फोहोर नगपालिकाले खलङ्गा बजारदेखि तीन किमी पर फाल्दै आएको छ । मध्यपहाडी लोकमार्गको केही भाग पनि यसै क्षेत्रमा पर्छ । लोकमार्गअन्तर्गत शीतल पोखरीदेखि सेरीगाउँको सडकखण्ड कालोपत्र भए पनि अरू ठाउँमा ३ वर्षअघि भएको ओटासिल कालोपत्र सबै उत्रिसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)