ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एउटै समूहबाट ३५ लाख बराबरको गहुँको बीउ उत्पादन

Oct 29, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

कात्तिक १२, रुकुम । रुकुम पश्चिमको एक समूहले ३५ लाख रुपैयाँ बराबरको गहुँको बीउ उत्पादन गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१३ छिवाङ चौतारामा रहेको कृषि समूहले वार्षिक ५ लाख बराबरको बीउ उत्पादन गरेर ७ वर्षमा ३५ लाख रुपैयाँ आम्दानी गरेको हो ।

मुसीकोट नगरपालिका १३ छिवाङ चौतारास्थित खाद्यान्न तथा तरकारी बीउ उत्पादन समूह छिवाङले वार्षिक ५ लाख बराबरको डब्लुके १२०४ उन्नत र मुल बीउ उत्पादन गरिरहेको समूहका अध्यक्ष ज्ञानबहादुर ओलीले जानकारी दिएका छन् । उनले भने, ‘समूहले २०६८ सालदेखि डब्लुके १२०४ जातको गहुँको बीउ उत्पादन गदै आएको छ ।’ उनका अनुसार समूहमा ३१ जना सदस्य रहेका छन्, भने यस समूहले झण्डै दुई रोपनी जमिनमा गहुँको मुल बीउ र उन्नत बीउ उत्पादन गर्दै आएको छ ।

यहाँ उत्पादन गरिएको गहुँको बीउ रुकुम पश्चिम क्षेत्रका चौरजहारी, मुसीकोट, त्रिवेणी, आठविसकोट र बाँफीकोट गाउँपालिकाको साथै छिमेकी जिल्ला जाजरकोट, सल्यानलगायत क्षेत्रमा निर्यात हुने गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष १ सय १० क्वीण्टल गहुँको बीउ उत्पादन गरिएको थियो । यहाँ उत्पादन गरिएको बीउको मूल्य प्रतिकेजी सरदर ५० रुपैयाँ रहेको अध्यक्ष ओलीको भनाइ छ ।

पछिल्लो समय कृषि क्षेत्रमा लगानी घटीरहेको बेला यहाँको किसानले गहुँको बीउ उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानीयले बताएका छन् । डब्लुके १२०४ जातको गहुँ अन्य गहुँकोभन्दा दोब्बर आम्दानी भएका कारण रुकुम लगायत छिमेकी जिल्लाहरुमा यसको माग अत्याधिक रहेको समुहकी सदस्य कमला ओलीले जानकारी दिएकी छिन् ।

यस किसान समूहलाई किसानको लागि उन्नत बीउ बिजन कार्यक्रमले सहयोग गदै आएको छ । किसानको लागि उन्नत बीउ बिजन कार्यक्रमले किसानको उत्पादनलाई बजारीकरणको र प्राविधिक र आर्थिक सहयोग गरेको जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)