ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे तीन मेट्रिकटन बीउ उत्पादन

Oct 30, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुममा साढे ३ मेट्रिकटन बीउ उत्पादन भएको छ । तरकारी बीउ उत्पादन केन्द्र चाँपाले १ वर्षमा साढे ३ मेट्रिकटनभन्दा बढी तरकारी बीउ उत्पादन गरेको हो । गत आर्थिक वर्षमा मूल र उन्नत गरी ३ मेट्रिक टन ६ सय ८२ किलोग्राम बीउ उत्पादन गरेको तरकारी बीउ केन्द्र चाँपाले जानकारी दिएको छ । केन्द्रले गत आर्थिक वर्षमा १ मेट्रिकटन ३ सय किलो उन्नत बीउ उत्पादन गरेको बताएको छ । विभिन्न आठ जातका तरकारीको उन्नत बीउ उत्पादन गरी विक्री वितरण गरिसकेको केन्द्रले जानकारी दिएको छ । त्यस्तै, १५ उन्नत तरकारीका बीउ उत्पादन हुन्छन् । केन्द्रले केराउ सिङ्गापुरे, स्वीचाड, चम्चुर, सिमी चौमासे, सिमी त्रिशूली, सिमी बोटे कण्टुकी र गाजरको उन्नत बीउ उत्पादन गर्दै आएको छ । त्यस्तै, गोलभेँडा मनप्रेक्स, धनियाँ, रामतोरिया भिण्डी, स्क्वास, भटमास, बोडी मालेपाटन जातको उन्नत बीउ पनि उत्पादन हुँदै आएको छ । केन्द्रका अनुसार खाद्यान्नतर्फ धान खुमल ४, कालो धान र मकै अरुण २ को पनि उन्नत बीउ उत्पादन गरेर विक्री वितरण गर्ने गरिएको छ । जिल्लाका तथा बाहिरका कृषकलाई दृष्टिगत गरेर तरकारी र खाद्यान्नको मूल तथा उन्नत बीउ उत्पादन गर्दै आएको केन्द्र प्रमुख वरिष्ठ बागबानी विकास अधिकृत डा. रवीन्द्रनाथ चौबेले बताए । उनले भने, ‘उत्पादन गरिएको बीउ रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, दाङ, प्यूठान, रोल्पा, जाजरकोट, सुर्खेत, अर्घाखाँची, रूपन्देहीलगायत जिल्लामा तरकारीको बीउ विक्रीवितरण भइरहेको छ ।’ केन्द्रले बीउको साथै तरकारीका बेर्नासमेत विक्री गर्ने गरेको छ । गत वर्षमात्रै २ लाख ३५ हजार विभिन्न तरकारीका बेर्ना विक्री गरिएको बताएको छ । चौबेका अनुसार गत आर्थिक वर्षमा मूल, उन्नत बीउ र तरकारीका बेर्ना विक्री गरेर १६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७३/७४ मा ३ हजार ९ सय ३४ किलो बीउ उत्पादन गरिएको थियो । २०३५ सालमा समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रको नामबाट केन्द्र स्थापना गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)