ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्युचुअल फण्डको लगानी : धितोपत्रमा भन्दा बैङ्क निक्षेपमा बढी

Nov 4, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
काठमाडौं । सञ्चालनमा रहेका १३ ओटा म्युचुअल फण्डको भदौ र असोज मसान्तको विवरण हेर्दा धेरै योजनाले शेयरमा भन्दा बैङ्क निक्षेपमा रकम बढाएको देखिन्छ । पूँजीबजार घट्दै गएपछि योजनाहरूले बैङ्क मौज्दातमा रकम राख्न थालेका हुन् । शेयरबजार घटेको बेला बजारलाई सोही ठाउँमा ल्याउन योजनाहरूले लगानी बढाउनुपर्ने हुन्छ । तर, अधिकांशले बजार घटेको बेला शेयरमा लगानी घटाएर बैङ्क निक्षेपमा लगानी बढाएका छन् । पूँजीबजार घटेको बेला लगानी बढाउन भन्दै यस्ता योजनालाई सरकारले कर, आईपीओ, एफपीओलगायतमा समेत सुविधा दिँदै आएको छ । तर, योजनाहरूले सूचीकृत शेयरमा भन्दा बैङ्कमा बढी लगानी बढाउन थालेपछि बजार कता जाला भन्ने चिन्ता लगानीकर्तामा छ । बजार बढेको बेला यस्ता फण्डको लगानी पनि बढ्ने गरेको पाइएको छ भने बजार घटेको बेला ब्याजदरमा आकर्षित भएको देखिन्छ । पूँजीबजार ओरालो लागेको बेला यस्ता फण्डलाई पनि असर पर्ने गर्छ । शेयर बजार घटेको बेला फण्डहरूको खुद सम्पत्ति मूल्य पनि घट्छ । यस्ता योजनाले शेयरमा लगानी गर्ने भएकाले शेयरबजारमा आएको उतारचढावले यिनीहरूलाई पनि प्रत्यक्ष असर गर्छ । योजनाको एनएभी केही समयदेखि घटिरहेको शेयरबजारले गर्दा म्युचुअल फण्डहरूको एनएभी पनि घटेको छ । भदौ मसान्तको तुलनामा असोज मसान्तमा दुई फण्डको एनएभीबाहेक ९ योजनाको एनएभी घटेको छ भने दुई योजनाको एनएभीमा कुनै परिवर्तन आएको छैन । सिटिजन्स म्युचुअल फण्ड १ को एनएभी भदौ मसान्तको तुलनामा १ दशमलव १५ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डको शून्य दशमलव ३८ प्रतिशत बढेको छ । सानिमा इक्विटी फण्ड र सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीमको एनएभी स्थिर छ । एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड–१ को सबैभन्दा बढी १६ दशमलव ५४ प्रतिशत एनएभी घटेको छ । साथै, ग्लोबल आईएमई समुन्नति योजना १ को एनएभी २ दशमलव ६१ प्रतिशत घटेको छ । योजनाको सूचीकृत धितोपत्रमा लगानी म्युचुअल फण्डहरूको मुख्य काम नै सूचीकृत धितोपत्रमा लगानी बढाउने हो । सात योजनाले गत मसान्तको तुलनामा धितोपत्रमा लगानी बढाएका छन् भने ६ योजनाले लगानी घटाएका छन् । सिटिजन्स म्युचुअल फण्ड १ को धितोपत्रमा ३१ दशमलव १८ प्रतिशत लगानी बढेको छ । त्यसैगरी सद्धार्थ इक्विटी ओरियण्टेड स्कीमको १२ दशमलव ८० प्रतिशत लगानी घटेको छ । योजनाको बैङ्क मौज्दात केही समयदेखि बजारमा आएको उतारचढाव र बैङ्कहरूले निक्षेपमा ब्याजदर बढाएपछि योजनाले निक्षेपमा लगानी बढाएका छन् । सञ्चालनमा आएका योजनामध्ये ९ योजनाले बैङ्क मौज्दातमा रकम बढाएका छन् भने चार योजनाले घटाएका छन् । एनआईबीएल प्रगति फण्डले बैङ्क मौज्दातको रकम गत मसान्तको तुलनामा १ सय ८ दशमलव ६३ प्रतिशत बढेको छ । गत मसान्तमा रू. १ करोड ४८ रहेको रकम असोज मसान्तमा रू. ३ करोड ९ लाख बैङ्क मौज्जातमा छ । ग्लोबल आईएमई समुन्नति योजना १ ले पनि बैङ्क मौज्दातको रकम ६२ दशमलव ५६ प्रतिशत बढाएको छ । सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीमको ३७ प्रतिशत बढेको छ । त्यसैगरी सिटिजन्स म्युचुअल फण्ड १ ले भने भदौ मसान्तको तुलनामा बैङ्क मौज्दात ११ दशमलव २१ प्रतिशत घटाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)