ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाखौं आम्दानी गर्ने विद्यालयका भौतिक संरचना जीर्ण

Nov 5, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । महीनामा लाखौं आम्दानी गर्ने त्रिनगर माध्यमिक विद्यालयका भौतिक संरचना वर्षौंदेखि जीर्ण छन् । ४० ओटा शटरका साथै धनगढी हाटबजारलाई जग्गासमेत भाडामा लगाएको उक्त विद्यालयले जीर्ण भौतिक भवनमा सामान्य रङरोगन गरेर अभिभावको ‘आँखामा छारो हाल्ने’ काम गरेको स्थानीयको गुनासो छ । दुई–तीनओटा शटरबाहेक सबै शटर विनाटेण्डर भाडामा लगाएर आफूअनुकुल भाडा असुलिरहेको विद्यालय प्रशासनले विद्यार्थी अध्ययन गर्ने भौतिक संरचनाको स्तरोन्नतिमा भने चासो दिएको छैन । करोडौं सम्पत्ति त्रिनगरसँग भए पनि उक्त सम्पत्तिमा सीमित व्यक्तिको पहुँच छ । हाल विद्यालय व्यवस्थापन समितिको अनुपस्थितिमा विद्यालय प्रशासनले विद्यालयमा एस्क्याभेटर/÷डोजर लगाउने तयारी गरिरहेको बुझिएको छ । विद्यालयभित्र आर्थिक अनियमितता निकै बढेको धनगढीका स्थानीय विष्णुसिंह पाण्डेले बताए । आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण नगर्नु, खाजा खर्चमै लाखौंको बिल बनाउनु, रातको समय विद्यालयको गेटमा ताल्चा कोठाभित्र हिसाबमिलान गर्नु, विद्यालयमा कार्यरत शिक्षक तथा लेखापालले आफ्ना तथा आफूनिकटका व्यक्ति विनासूचना भर्ना गर्नु आर्थिक अनियमितताको पराकाष्ठा भएको आरोप धनगढी उपमहानगरवासीको छ । विद्यालय प्रशासनले कुनै टेण्डरविना कुनै शटरको ६० तथा कुनै शटरको १ सय प्रतिशत भाडा वृद्धि गरेको छ । धनगढी हाटबजारलाई भाडामा दिइएको जग्गा १७ कट्टाभन्दा बढी हुनुपर्नेमा केही अतिक्रमण भएको छ भने केही जग्गा विक्री गरिएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष धर्मराज उपाध्यायले बताए । अहिले हाटबजारमा १५ कट्टा ११ धुर मात्रै बाँकी छ । जग्गा अतिक्रमण र विक्रीवितरणका विषयमा अख्तियारमा मुद्दा परे पनि यो विषयमा हालसम्म सुनुवाइ भएको छैन । विद्यालय प्रशासनभित्रको खिचातानी र आर्थिक अनियमितताका कारण विद्यार्थीको शैक्षिक भविष्य नै अन्योलमा परेको छ । पूर्वप्रधानाध्यापक गणेशदत्त भट्ट, लेखापाल गणेश जोशी, प्रधानाध्यापक भूपालसिंह खड्कालगायत सीमित व्यक्तिको निहित स्वार्थका कारण विद्यालयको पठनपाठन खस्किएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)