ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुश्मा नगरपालिकाद्वारा कार्यालय कब्जा

Nov 6, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । कुश्मा नगरपालिकाले खाली भएका कार्यालय कब्जा गरेको छ । नगरपालिकाले खाली भएका कार्यालय कब्जा गरेर विषयगत कार्यालयको व्यवस्थापन गर्न थालेको छ । नगरपालिकाले साविकको पशुसेवा कार्यालय र शीप विकास कार्यालयमा नगरपालिकाअन्तर्गतको मातहतमा रहेका विषयगत कार्यालयहरू स्थापना गरेको छ । नगरपालिका हालको एकता चोकमा रहँदा कार्य सम्पादनमा समस्या हुँदै आएको थियो । कार्यपालिका बैठकले पटकपटक साबिकको जिल्ला विकास समितिमा स्थानान्तरणको पहल गरे पनि आफ्नो कार्यालय स्थापना गर्न नसकेपछि अन्य साबिकका सरकारी कार्यालयमा विषयगत कार्यालय स्थानान्तरण गर्न थालेको हो । नगरपालिकाको भवन साँघुरो हुँदा विषयगत कार्यालयबाट थुप्रै कर्मचारी आउँदा कुर्सी राख्न पनि समस्या छ । प्रमुख प्रसाशकीय अधिकृत सुवासकुमार लामिछानेले अब यही तरीकाले विषयगत कार्यालयहरू स्थापना गर्ने बताए । ‘प्रदेश सरकारको अनुमति लिएर कार्यालय स्थानान्तरण गरेका हौं,’ उनले भने । नगरपालिकामा हाल विषयगत कार्यालयका कर्मचारी झोलामा कागजात बोकेर कार्यसम्पादन गर्न बाध्य छन् । नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले साविकको जिल्ला विकास समितिको कार्यालय नगरपालिकालाई उपलब्ध गराउन माग गरे पनि सुनुवाई नभएको बताए । ‘सङ्घीय सरकार मातहतका कार्यालय खाली हुने, नगरपालिका भाडामा बस्ने अलि सुहाएन,’ जोशीले भने, ‘त्यही भएर हामीले विषयगत कार्यालय रोजेका हौं ।’ कुश्मा नगरपालिकासमेत भाडाको घरमा सञ्चालनमा रहेको छ । मासिक २० हजार भाडा तिरेर बसेको नगरपालिकामा कोठाको अभाव छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)