ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिनगर मावि : अनियमितताविरुद्ध अख्तियार र प्रशासनमा मुद्दा

Nov 13, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । धनगढीको त्रिनगर माध्यमिक विद्यालयभित्र भएको आर्थिक अनियमितताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर र जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको छ । विद्यालय प्रशासनले कुनै सूचना प्रकाशन नै नगरी शिक्षक तथा लेखापाल नियुक्ति गर्नु, बैङ्क खाता परिवर्तन गर्नु र विद्यालयका अधिकांश सटर विनाटेण्डर भाडामा लगाउनु लगायत कारणले मुद्दा दायर गरिएको बताइएको छ । विद्यालयका लागि आवश्यक पर्ने सहलेखापालका लागि खोलिएको विज्ञापनमा पनि योग्य व्यक्तिहरूलाई किनारा लगाएर अयोग्य व्यक्ति भर्ना गरेको तथ्य बाहिर आएको छ । उक्त पदका लागि २०७४ पुस १२ गते परीक्षा तोकिएको थियो । तर, परीक्षामा विद्यालय प्रशासनले चाहेको व्यक्तिको अङ्क अपेक्षाअनुरूप नआएपछि परीक्षामा सामेल सम्पूर्ण परिक्षार्थीको अङ्क ५० प्रतिशत (बराबर) गरी अनुत्तीर्णको नतीजा सार्वजनिक गर्‍यो । दोस्रोपटक सूचना प्रकाशन गरी असोज २१ गतेका लागि तोकिएको परीक्षा प्रशासनले चाहेका परीक्षार्थी आइनपुगेपछि उक्त परीक्षा २५ गतेका लागि सारिएको थियो । प्रशासनले बद्नियतपूर्ण ढङ्गले पहिलो परीक्षामा सबै परीक्षार्थीलाई फेल गरेको हो । विद्यालय व्यवस्थापन समिति बैठक निर्णयपूर्व नै विषय विज्ञलाई जानकारी पत्र पठाई प्रश्नपत्र अभिभावक सङ्घका अध्यक्ष प्रेम बिसीका छोरा प्रितम बिसीलाई दिएको, असोज २१ गते लिनुपर्ने परीक्षा अभिभावक सङ्घका अध्यक्ष प्रेमका छोरा प्रितम बिसी काठमाडौंबाट धनगढी आउन ढिलाइ भएकाले २५ गते परीक्षा तोकिएको अन्य परीक्षार्थीहरूले बताएका छन् । विद्यालयका हरेक कामकाजमा आर्थिक अनियमितता बढ्दै गएको भन्दै अख्तियार र प्रशासनमा मुद्दा दायर गरिएको हो । २०७३ मा तत्कालीन जिल्ला विकास समिति कैलालीबाट विद्यालयमा माटो फिलिङ शीर्षकमा आएको ४ लाख रुपैयाँको बजेटमा २५/३० ट्रली बाटोमात्रै भरान गरी बाँकी बजेट विद्यालय प्रशासनका सीमित व्यक्ति र हालका अभिभावक सङ्घका अध्यक्षले रकम कुम्ल्याएको भन्दै अख्तियारमा मुद्दा दायर गरिएको छ । शिक्षक प्रतिनिधिसमेत रहेको विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले काकाको छोरा नेत्र कडायतलाई शिक्षकमा नियुक्त गरेको भन्दै अख्तियारमा मुद्दा दायर गरिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयविरुद्ध काम गर्दै आएका अभिभावक सङ्घका अध्यक्ष प्रेम बिसी, प्रअ खड्का, पूर्व प्रअ गणेशप्रसाद भट्ट तथा लेखापाल समेतको मिलेमतोमा आर्थिक अनियमिततादेखि आफू निकटका शिक्षक कर्मचारी भर्ना गर्ने क्रम बढ्दै गएको छ । विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिलाई किनारा लगाएर बैङ्क खाता परिवर्तन गरेको भन्दै व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय कैलालीमा आवश्यक कारबाहीका लागि उजुरी दिएको समिति अध्यक्ष जागृती खड्का बोगटीले जानकारी गराइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)