ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोइलाबास र पुरुङछेरामा हावाबाट विद्युत् निकालिने

Nov 15, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

कात्तिक २९, लमही । दाङमा हावाबाट बिजुली निकालिने भएको छ । दाङको गढवा गाउँपालिकका–८, कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२, पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए ।

‘कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन,’ उनले भने, ‘तर स्याटलाइटको माध्यामबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।’ दुबै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खासमेत जडान गरिएको इञ्जिनीयर दुलालले जानकारी दिए । दुलालकाअनुसार ८० मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खाले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछ । ‘दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ,’ उनले भने ।

इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापन गर्ने काम भइरहेको छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उनले बताए । पहिलो चरणमा ५० देखि ६० लाख रुपैयाँ बराबरको काम भएको उनको भनाइ छ ।

अहिले मुलुकभर २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालले बताए । उनका अनुसार नवलपरासी, सिन्दुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम, पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)