ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेज स्थापनाका लागि जमीन अवलोकन

Nov 16, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न वडामा जमीन अवलोकन गरिएको छ । उद्योग मन्त्रालयको टोली, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको टोली चन्द्रपुर पुगेको हो । चन्द्रपुर– ६, ७ र ८ मा रहेका जमीन अवलोकन गरिएको छ । अवलोकन गर्न मन्त्रालयको टोलीसँगै, संसद्को विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, पूर्वसांसद रामकुमार भट्टराई, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीलगायत थिए । टोलीले नयाँबस्ती उत्तर कोटीहोम पश्चिम र आमखोल्सी पूर्वको वनक्षेत्रको जमीन अवलोकन गरेको हो । विशेष आर्थिक क्षेत्र स्थापनाका लागि पहिलो चरणमा प्रारम्भिक अवलोकन गरिएको र त्यसपछि प्राविधिकहरूले अध्ययन गरी काम अगाडि बढ्ने मन्त्रालयका प्रतिनिधि टोलीले बताएको छ । अवलोकन गरिएको जमीन उद्योग स्थापनाका लागि उपयुक्त रहेको र प्रक्रिया अगाडि बढाउन सबै सहमत भएको विकास समितिका सभापति खड्काले बताइन् । प्रमुख मार्गको पहुँच तथा बिजुली, कच्चापदार्थ, पानी, जनशक्तिको उपलब्धता र अन्तरराष्ट्रिय सिमानाबाट पनि नजीक भएकाले सो क्षेत्र सेज स्थापनका लागि उपयुक्त भएको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)