ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालङ्गागाड जलविद्युत् : ६ किलोमिटर सुरुङमार्ग निर्माण

Nov 18, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा निर्माणाधीन कालङ्गागाड जलविद्युत् आयोजनाको ६ किलोमिटर सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । ७२ मेगावाट विद्युत् उत्पादन क्षमताको उक्त आयोजनाका लागि कुल १२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म आधा काम सकिएको हो । बाँकी ६ किलोमिटर सुरुङमार्ग निर्माणको काम पनि तीव्ररूपमा अघि बढाइएको कालङ्गागाड हाइड्रो प्रालिले बताएको छ । आयोजनामा नेपालका १० ओटा बैङ्क तथा वित्तीय संस्थाको १३ अर्ब लगानी रहेको छ । निजीक्षेत्रको सक्रियतामा निर्माण भइरहेको यो देशकै ठूलो जलविद्युत् आयोजना हो । आयोजना निर्माणका लागि २०६५ सालदेखि सम्भाव्यता अध्ययन शुरू भएको थियो । यस्तै, निर्माण थालिएको २ वर्षको अवधिमा करीब ५० प्रतिशत भौतिक प्रगति भएको कम्पनीका परियोजना व्यवस्थापक बखतबहादुर शाहीले जानकारी दिए । २०७७ असोज ३ भित्र निर्माण सक्ने लक्ष्य रहेकोमा त्यसअघि नै सम्पन्न हुने दाबी कम्पनीले गरेको छ । निर्माणले अपेक्षाकृत गति लिएकाले निर्धारित मितिभन्दा अघि नै विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । सानीगाड हाइड्रो प्रालि र कालङ्गा हाइड्रो प्रालिले प्रवर्द्धन गरेको उक्त आयोजनाको तीन स्थानमा भौतिक संरचना निर्माण भइरहेको छ । अहिले आयोजनाका लागि इण्टेकको काम भइरहेको छ । पहिलो इण्टेक दहबगरमा निर्माण गरी खिरातडीको बिजगडामा विद्युत्गृह बनाइनेछ भने दोस्रो इण्टेक खिरातडीको पाउटामा निर्माण गरी साविक सुनकुडा गाविसको घोडादाउनमा विद्युत्गृह निर्माणका लागि तीव्रगतिमा काम भइरहेको कम्पनीले बताएको छ । कम्पनी कफलसेरीको जुनैबाट साविक पिपलकोट गाविसको खौलाधारमा पनि अर्को विद्युत्गृह निर्माण गर्दै छ । आयोजनाको ३० प्रतिशत शेयर सर्वसाधारण, १० प्रतिशत शेयर प्रभावित क्षेत्रका बासिन्दा र २० प्रतिशत शेयर सुदूरपश्चिम प्रदेशका बासिन्दाका लागि छुट्ट्याइएको छ । उक्त परियोजनाका लागि शेयर खोल्ने तयारी भइरहेको बताइएको छ । पहिलो चरणमा २० प्रतिशत शेयर उक्त प्रदेशका नागरिकका लागि खोल्ने तयारी गरिएको कम्पनीको भनाइ छ । परियोजना ३० वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने यसअघि नै नेपाल सरकारसँग सहमति भएको थियो । परियोजना निर्माणपछि सुदूरपश्चिम प्रदेशको औद्योगिक विकासमा ठूलो योगदान पुग्ने कालङ्गा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)