ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोहरबाट ग्याँस निकाल्न करौटी डाँडामा उद्योग खोल्ने तयारी, लागत २० करोड

Nov 19, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

मङ्सिर ३, दाङ । घोराही उपमहानगरपालिकाभित्र सङ्कलित फोहोरबाट ग्याँस उत्पादन गरिने भएको छ । काठमाडौंस्थित नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि.ले उक्त क्षेत्रमा ग्याँस उत्पादनका लागि उद्योग स्थापना गर्न लागेको हो ।

सो सम्बन्धी त्रिपक्षिय समझदारीपत्रमा आइतवार घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, ऊर्जा विकास कम्पनीका निर्देशक श्रीराम अधिकारी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ललितपुरका कार्यक्रम व्यवस्थापक प्रकाश अर्यालले हस्ताक्षर गरे । सम्झौताअनुसार एक वषैभित्र फोहोरबाट ग्याँस उत्पादन गर्ने गरी कम्पनीलाई २० वर्षसम्मका लागि जिम्मा दिइएको उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए ।

२० करोड रुपैयाँको लागतमा उक्त ग्याँस उद्योग स्थापना हुनेछ । सो बजेटमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैङ्कको लगानी रहने बताइएको छ । घोराही उपमहानगरपालिका–१६, करौटी डाँडामा रहेको ल्याण्डफिल साईटमै ग्याँस उद्योग स्थापना हुनेछ । सम्झौता भइसकेकाले अब छिटै पूर्वाधार निर्माणको काम शुरु गर्ने र करीव १४ महीनापछि ग्याँस उत्पादन गर्ने नेपाल उर्जा विकास कम्पनी प्रालिका निर्देशक श्रीराम अधिकारीले बताए ।

घोराही उपमहानगरपालिका क्षेत्रभित्र उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्याँस उत्पादन गर्न सकिने कम्पनीको अनुमान छ । उपमहानगरपालिका भित्र दैनिक १५ मेट्रिक टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)