ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बञ्जी जम्प प्लेटफर्म निर्माण अन्तिम चरणमा

Nov 20, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । कालीगण्डकी नदीमाथि बन्दै गरेको बञ्जी जम्प प्लेटफर्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान जोड्ने गरी कालीगण्डकीमाथि प्लेटफर्म निर्माण भइरहेको छ । सबै संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताले बताएका छन् । निर्माणको जिम्मा लिएको प्यारामाउण्ट कन्ष्ट्रक्शनले अहिलेसम्म करीब ८० प्रतिशत काम सकिएको र ३ महीनाभित्र निर्माण पूरा हुने बताएको छ । प्यारामाउण्टका कम्पनीका मनोजकुमार चौधरीका अनुसार पहिलो चरणमा लेडर स्टेप निर्माणको काम दुई महीनामा सकिनेछ । त्यसपछि १ महीनामा बञ्जीका लागि आवश्यक स्टीलका काम हुनेछन् । ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिङ्गल स्पान झोलुङ्गे पुलसहित कालीगण्डकीको खोँचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुलमा बन्ने यो बञ्जी मुलुककै नमूना मानिएको छ । लगानीकर्तामध्येका नेत्र पराजुलीका अनुसार यसका लागि अहिलेसम्म १२ करोड रुपैयाँ लगानीमा निर्माण भएको प्लेटफर्ममा ५ करोड रुपैयाँ प्रभु बैङ्कले लगानी गरेको छ । साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी बनाउन थालिएको बञ्जी जम्प प्लेटफर्म पर्वतको चिनारी हुने लगानीकर्तामध्येका युवराज जोशीले बताए । जोशीका अनुसार बञ्जी जम्प गर्न आउने पर्यटकलाई ध्यानमा राखेर बागलुङको बलेवामा रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण काम भइरहेको छ । बञ्जी जम्प प्लेटफर्म निर्माणपछि पर्वत र बागलुङ जिल्ला पर्यटकको मुख्य आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष केदारनाथ शर्माले बञ्जीजम्प बनेपछि पर्वतको व्यापार, व्यवसायमा टेवा पुग्ने बताए । उनले पर्यटनको माध्यमबाट जिल्लालाई समृद्ध बनाउन बञ्जी फलदायी बन्ने विश्वास व्यक्त गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)