ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन फिर्ता

Nov 20, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । नेप्सेले एभरेष्ट इन्स्योरेन्सको १ सय ५ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि गरेको मूल्य समायोजन फिर्ता लिएको छ । लगानीकर्ता र सम्बन्धित कम्पनीको आग्रहमा नेप्सेले समायोजनको निर्णय फिर्ता लिएको हो । निर्णय फिर्ता लिएसँगै मूल्य समायोजनपछिको कारोबारसमेत रद्द भएको छ । सर्वसाधारण सदस्यलाई संस्थापक शेयर विक्री गर्न लागेको एभरेष्टको हकप्रदलाई साधारण शेयरकै मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताहरूले विरोध गरेका थिए । सर्वसाधारण सदस्यलाई संस्थापक शेयर विक्री गरी अन्याय गरेको अवस्थामा मूल्य समायोजनबाट इन्स्योरेन्सले झनै मारमा पारेको गुनासो लगानीकर्ताहरूको थियो । नेप्सेले कात्तिक २८ गते एभरेष्टको मूल्य समायोजन गरी रू. ५ सय ६३ दशमलव ४१ तोकेको थियो । मूल्य समायोजन हुनुभन्दा अघिल्लो दिनको कारोबारमा अन्तिम मूल्य रू. १ हजार ५० कायम थियो । मूल्य समायोजनको विरोधमा विभिन्न लगानीकर्ता सङ्गठनले आइतवार नेप्सेका प्रमुख चन्द्रसिंह साउदसँग भेटी मूल्य समायोजन फिर्ता लिन आग्रह गरेका थिए । सर्वसाधारण लगानीकर्ताको मानविपरीत भएको मूल्य समायोजनपछिको कारोबारलाई रद्द गर्न समेत उनीहरूले सुझाएका थिए । नेप्सेका प्रमुख साउदले एभरेष्ट इन्स्योरेन्सको हकप्रदको प्रसङ्ग नयाँ भएकाले पनि अन्योल भई गलत निर्णय भएकोमा सच्याएको बताए । ‘यस घटनाले आगामी दिनमा संस्थापक शेयरको सम्बन्धमा पनि ठोस व्यवस्था हुनुपर्ने आवश्यकता देखाएको छ,’ उनले भने, ‘हामीमात्र होइन, यस विषयमा नियामक निकायले पनि ध्यान दिनुपर्ने थियो ।’ बीमा समितिको निर्देशनअनुसार रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउन एभरेष्टले ६ सय प्रतिशत हकप्रदको सहारा लिएको हो । सर्वसाधारणको मात्र शेयर स्वामित्व रहेको एभरेष्टलाई पहिला ५१ प्रतिशत संस्थापक कायम गर्न समितिले निर्देशन दिएपछि प्रक्रियामा गइसकेको ६ सय प्रतिशत हकप्रद शेयरलाई परिमार्जन गरी सर्वसाधारण सदस्यलाई १ सय ५ प्रतिशत हकप्रद विक्रीपश्चात् कायम चुक्तापूँजीको आधारमा ३ सय प्रतिशत संस्थापक र सर्वसाधारण दुवैलाई हकप्रद जारी गर्ने निर्णय पारित गरिसकेको छ । यो निर्णय पारित गराउन समेत एभरेष्टलाई निकै कष्ट परेको थियो । वार्षिक साधारणसभामै यसअघिको ६ सय प्रतिशत हकप्रदको निर्णय कार्यान्वयको माग राख्दै सदस्यहरू आन्दोलित भएका थिए । रू. १ अर्ब पु¥याउनुपर्नेमा एभरेष्ट इन्स्यारेन्सको चुक्तापूँजी हाल रू. १३ करोड ३६ लाख ५० हजार मात्र छ । १० प्रतिशत बोनस शेयर वितरण गरिरहेको कम्पनीले संस्थापक र सर्वसाधारणको स्वामित्व कायम गराउन हकप्रद जारी गरी तोकेबमोजिमको चुक्तापूँजी पुर्‍याउनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)