ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश नं. १ : थप ३ भन्सार नाका खोल्न भारतसँग प्रस्ताव

Nov 23, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश नम्बर १ को दक्षिणी र पूर्वी सिमानामा जोडिएको भारतसँग थप ३ भन्सार नाका थप्न माग गरिएको छ । झापामा २ ओटा र मोरङमा एउटा भन्सार नाका थप्न माग गरिएको हो । झापाको झापा बजार र गौरीगञ्जमा भन्सार नाका खोल्न प्रस्ताव गरिएको छ । मोरङको मायागञ्जमा पनि भन्सार नाका खोल्न प्रस्ताव गरिएको छ । नेपाली पक्षले प्रदेश नं. १ को झापा बजारमा तथा भारतीय पक्षले गौरीगञ्ज र मायागञ्जमा भन्सार नाका खोल्ने बारेमा प्रस्ताव गरेका थिए । नेपालभर विभिन्न ५ नयाँ भन्सार नाका खोल्ने प्रस्तावमा प्रदेश नं. १ बाट ३ ओटा भन्सार नाकाको प्रस्ताव भएको हो । नेपाल र भारतका भन्सार विभागका महानिर्देशकहरूको काठमाडौंमा भएको बैठकमा यस्तो प्रस्ताव आएको हो । मङ्सिर ३ र ४ गते काठमाडांैमा २ देशका भन्सार अधिकारीको भन्सार सहकार्य र समन्वय बैठकमा यस्तो प्रस्ताव आएको भन्सार विभागका सूचना अधिकृत शिव भण्डारीले बताए । हाल प्रदेश नं. १ मा काकरभिट्टा, विराटनगर, दक्षिणी सुनसरी र पशुपतिनगरमा मुख्य ४ ओटा भन्सार कार्यालय छन् । यो प्रदेशमा मुख्य भन्सार कार्यालयअन्तर्गत विभिन्न ३६ ओटा छोटी भन्सार कार्यालय छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)