ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा बैङ्कहरुको लगानी ६ अर्ब ४१ करोड

Nov 27, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

मङ्सिर ११, धनगढी । सुदूरपश्चिम प्रदेशभित्र बैङ्क तथा वित्तीय संस्थाहरुको लगानी प्रत्येक वर्ष बढ्दै गएको छ । काठमाडौं लगायतका क्षेत्रमा कर्पोरेट कार्यालय रहेका बैङ्क तथा वित्तीय संस्थाहरुका क्षेत्रीय तथा शाखा कार्यालय स्थापना हुने क्रम बढेसँगै निक्षेप र कर्जा लगानी पनि बढ्दै गएको पाइएको छ । २०७५ असार मसान्तसम्ममा मात्रै प्रदेशभित्र बैङ्क तथा वित्तीय संस्थाहरुको लगानी रू. ६ अर्ब ४१ करोड १७ लाख पुगेको नेपाल राष्ट्र बैङ्क क्षेत्रीय कार्यालय धनगढीको तथ्याङ्कले देखाएको छ ।

वित्तीय पहुँचको आधारमा सुदूरपश्चिम प्रदेशभित्र कुल ८८ स्थानीय तहमध्ये चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ६८ स्थानीय तहमा वाणिज्य बैङ्कहरुका शाखा विस्तार भइसकेका छन् भने २० ओटा स्थानीय तहमा शाखा विस्तार बाँकी रहेको राष्ट्र बैङ्क धनगढीले बताएको छ । शहरकेन्द्रित वाणिज्य बैङ्कहरु हरेक स्थानीय तहमा पुग्न थालेपछि विकट ग्रामीण समुदायमा छरिएर रहेको पूँजी बैङ्किङ क्षेत्रमा निक्षेपको रुपमा सङ्कलन हुन थालेपछि निक्षेप र लगानी दुबै बढ्न थालेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभित्र आर्थिक वर्ष २०७४/०७५ मा बैङ्क तथा वित्तीय संस्थाहरुले कुल रू. ५ अर्ब २४ करोड ८८ लाख निक्षेप सङ्कलन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षकोभन्दा ३१ दशमलव २८ प्रतिशतले बढी हो । आव २०७३/७४ मा यो रकम रू. ३ अर्ब ९९ करोड ८० लाख थियो । त्यस्तै २०७४ असार मसान्तसम्म रू. ५ अर्ब २८ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गर्न सक्षम देखिएका वाणिज्य बैङ्कहरुले २०७५ असार मसान्तसम्म आइपुग्दा कर्जा लगानी रकम बढेर रू. ६ अर्ब ४१ करोड १७ लाख अर्थात अघिल्लो वर्षको तुलनामा २१ दशमलव २८ प्रतिशतले वृद्धि देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)